सिंहदरबारमा ५ ओटा चार्जिङ स्टेशन बन्ने

  • Technology Khabar | १४ पुष २०७९, बिहीबार
सिंहदरबारमा ५ ओटा चार्जिङ स्टेशन बन्ने

काठमाडौं ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ। सिंहदरबारपरिसरमा विद्युतीय सवारीसाधन चार्ज गर्न ५ ओटा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले ३० किलोवाट क्षमताका डीसी चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो।

चार्जिङ स्टेशन निर्माण गर्न मन्त्रालयले गत पुस १० गते अन्तर्रांष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो। चार्जिङ स्टेशन निर्माण गर्न इच्छुक कम्पनीले २०७९ माघ १० गतेभित्र आवेदन पेश गर्नु पर्नेछ। बोलपत्र प्रक्रियामा सहभागी हुने कम्पनीले २ लाख २० हजार रुपैयाँ धरौटी बुझाउनु पर्नेछ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारी प्रतिको आकर्षण बढ्दो क्रममा छ। सिंहदरबारपरिसर भित्रमा विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेको र सरकारले पनि विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन दिइरहेको अवस्थामा चार्जिङ स्टेशन निर्माण प्रक्रिया शुरु गरिएको हो।

प्रकाशित: १४ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...