अमेरिकामा ट्विटर डाउन भएपछि प्रयोगकर्ताहरूले बनाए इलन मस्कको मिम्स

  • Technology Khabar | १४ पुष २०७९, बिहीबार
अमेरिकामा ट्विटर डाउन भएपछि प्रयोगकर्ताहरूले बनाए इलन मस्कको मिम्स

काठमाडौं ।

ट्विटर केही घण्टा अघि फेरि डाउन भएको थियो। जसका कारण अमेरिकासहित अन्य प्रयोगकर्ताले समेत निकै समस्या भोग्नुपरेको थियो। अमेरिकी समय अनुसार साँझ ७.३० बजे माइक्रोब्लगिङ साइट डाउन भएको र यसका कारण करिब १० हजार प्रयोगकर्ताले समस्या भोग्नुपरेको थियो।

नेपालमा पनि केहि व्यक्तिहरुले ट्विटर चलाउँदा लग इन गर्न वा ट्वीट गर्न असहज महसुस गरेका थिए।

पछिल्लो केही दिनमा ट्विटर यति लामो समयदेखि डाउन भएको यो दोस्रो पटक हो । यसअघि डिसेम्बर ११ मा ट्विटर डाउन भएको थियो र नेपालमा पनि प्रयोगकर्ताहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो।

डिसेम्बरमा ट्विटर लामो समयको लागि डाउन भएको यो दोस्रो पटक हो। #TwitterDown सामाजिक सञ्जालमा ट्रेन्डिङ सुरु भयो। टेक्नोलोजी ग्लिचहरू ट्र्याक गर्ने प्लेटफर्म डाउन डिटेक्टरका अनुसार, ट्विटर केही घण्टाको लागि डाउन थियो। यस क्रममा करिब १० हजार प्रयोगकर्ताबाट ट्विटर डाउन भएको खबर आएको थियो ।

भर्जले रिपोर्ट गरेअनुसार ट्विटर अमेरिकी स्थानिय समयअनुसार १०.३० बजे रातीसम्म डाउन रह्यो, तर त्यसबेला रिपोर्टहरूको संख्या १० हजारबाट १ हजारमा झरेको थियो।

जसका कारण अमेरिकाका प्रयोगकर्ताले निकै समस्या भोग्नुपरेको थियो । प्रयोगकर्ताहरूले पनि यो कुरालाई रमाइलो गर्दै रोचक तरिकााको प्रतिकृया पोस्ट गर्न थालेका थिए।

हाल नेपालमा समस्या समाधान भईसकेको देखिएको छ भने कम्पनीले पनि त्यसलाई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १४ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...