अनर प्याड भी८ प्रो सार्वजनिक

  • Technology Khabar | १२ पुष २०७९, मंगलवार

काठमाडौं ।

अनरले प्याड भी८ प्रो सार्वजनिक गरेको छ। मिडिया खपतमा केन्द्रित अनर प्याड भी८ शक्तिशाली ट्याब्लेट भएको गिगचाइनाले उल्लेख गरेको छ। साथै १४४ हर्ज रिफ्रेस रेटको साथमा आईम्याक्स एन्हान्स्ड डिस्प्लेका साथ आउने यो पहिलो ट्याब्लेट हो।

यसमा शक्तिशाली डाइमेनसिटी ८१०० एसओसी छ।

अनर प्याड भी८ प्रोमा १२.१ इन्चको आईपीएस एलसीडी स्क्रिन छ। जसले २५६० वाई १६०० पिक्सल रिसोलुसन प्रदान छ। डिभाइसमा १० बिट कलर डेप्थ, १०० प्रतिशत डीसीआई-पी३ कल गम्ट कभरेट र १४४ हर्ज रिफ्रेस रेट प्रदान गर्छ।

आईम्याक्स स्ट्यान्डर्ड अन्तर्गत बिना अवरोध कुनै कन्टेन्ट स्ट्रिम हुन्छ।

ट्याब्लेट ८ जीबी र्याम र १२८ जीबी स्टोरेज मूल्य ३७५ अमेरिकी डलर, ८ जीबी र्याम र २५६ जीब स्टोरेज मूल्य ४२० अमेरिकी डलर तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज मूल्य ४७५ अमेरिकी डलरमा उपलब्ध छ।

यसमा १३ मेगापिक्सलको मुख्य क्यामरा र ५ मेगापिक्सलको सेल्फी क्यामरा छ। अनर प्याड भी८ प्रोमा रहेको १०५० एमएएच ब्याट्रीले ३५ वाट चार्जिङ सपोर्ट गर्छछ। यसमा एन्ड्रोइड १२ म्याजिक यूआई ७.० सफ्टवेयर दिइएको छ। ट्याब्लेटमा मेग्नेटिक किबोर्डका लागि पोगो पिन्टहरु छन् साथै यसमा एक्टिभ स्प्टाइलस पेन पनि छ।

ट्याब्लेट ग्रे, ब्लू र ओरेजन्टगरी तीन कलर विकल्पमा उपलब्ध छ। चीनमा यसको बिक्री डिसेम्बर ३० देखि शुरु हुनेछ। चीनका लागि प्रिबुकिङ खुल्ला छ।

प्रकाशित: १२ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया