मोबाइल उत्पादन कटौती गर्दै सामसङ

  • Technology Khabar | १२ पुष २०७९, मंगलवार
मोबाइल उत्पादन कटौती गर्दै सामसङ

काठमाडौं ।

सामसङ र एप्पल लगायत मोबाइल फोनका ठूला ब्राण्डहरुले आफ्नो मोबाइल फोनको उत्पादनमा कटौती गर्न लागेको एक रिपोर्टमा बताइएको छ। यो वर्ष ग्लोबल मोबाइल फोन इन्डस्ट्रिमा स्मार्टफोनहरुको ठूलो भण्डारन हुन पुगी सिरियस इन्भेन्ट्रि भईरहेको ताइवान इकोनोमिक डेलीले उल्लेख गरेको छ।

स्मार्टफोनहरुको बिक्रीमा कमी आईरहेको अवस्थामा उक्त ठूला ब्राण्डहरुले मोबाइल फोनको उत्पादनमा कटौती गर्न लागेको बताइएको छ। साथै यी ठूला ब्राण्डहरुले बजार जोखिम न्यूनिकरणका लागि भण्डारन वा इन्भेन्ट्रि कटौती गर्ने प्रयास गरिरहेका छन्।

सुस्त आर्थिक वृद्धी र मुद्रास्फीतिको साथै महामारी जस्ता कारकहरुले गर्दा यो वर्ष मोबाइल फोनहरुको सिपमेन्ट १.२६ बिलियन यूनिट मात्र हुने भनी विश्लेषकहरुले अनुमान गरेको बताइएको छ।

यो वर्ष मोबाइल फोनहरुको सिपमेन्टमा ६.८ प्रतिशतले गिरावट आएको र अर्को वर्ष भने मोबाइल फोनहरुको सिपमेन्टमा ५.२ प्रतिशतले वृद्धी भएर १.३२७ बिलियन यूनिट पुग्ने बताइएको छ।

प्रकाशित: १२ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...