काठमाडौं ।
२०१९ मा फाइभजी नेटवर्कको व्यवसायीकरण भए पश्चात प्राय कम्पनीले उक्त नेटवर्क सपोर्ट गर्ने मोबाईल फोनहरुको उत्पादन तथा बिक्री–बितरण थालेको छन्। तर अहिले मिड–रेञ्जका केहि मोबाईल फोनहरुले मात्र फाइभजी नेटवर्क सपोर्ट गर्ने बताइएको छ। इन्ट्रि लेबलका मोबाईल फोनहरुको हकमा भने थोरैले मात्र फाइभजी नेटवर्क सपोर्ट गर्ने र त्यसमा गर्व गर्न सक्ने बताइएको छ।
यहि कुरालाई मध्यनजर गर्दै अब टप ब्राण्डहरुले पनि अर्को वर्षको अन्त्य सम्ममा फाइभजी नेटवर्क सपोर्ट गर्ने इन्ट्रि लेबलका मोबाईल फोनहरु रिलिज गर्ने योजनाहरु अघि सारेको उल्लेख गरिएको छ। त्यसैगरी सामसङले पनि आफ्नो इन्ट्रि लेबलको मोडलहरुमा फाइभजी नेटवर्क समावेश गर्ने बताइएको छ।
विगतमा धेरै ओटा देश र क्षेत्रहरुले फाइभजी नेटवर्कलाई लोकप्रिय बनाएको भनी बताइएको छ। सामसङले पनि आफ्नो इन्ट्रि लेबलको मोडलहरुमा फाइभजी नेटवर्क समावेश गर्ने बताइएको छ। सामसङको सबै मोडलहरुमा फाइभजी नेटवर्क समावेश गर्ने लक्ष्य रहेको छ।
यद्यपी फोरजी एलटीई मोडलहरुको तुलनामा सहजताको लागि सामसङले केहि फाइभजी मोडलहरुलाई स्ट्रिमलाइनड गरेको बताइएको छ।
उदाहरणको लागि सामसङको ग्यालेक्सी ए १३ फाइभजी र ग्यालेक्सी ए १३ एलटीई फोनहरुलाई तुलना गरिएको छ। फास्टर प्रोसेसर समावेश गरिएका फाइभजी मोडलहरुले फाइभजी नेटवर्क सपोर्ट गरेतापनि एलटीई मोडलहरुको तुलनामा फाइभजी मोडलहरुको स्क्रीन रिजोलुसन र रियर क्यामराहरु कम भएको बताइएको छ।
सामसङले हाल ग्यालेक्सी ए ३२ लगायतका अन्य थुप्रै इन्ट्रि लेबलका मोडलहरुमा काम गरिरहेको उल्लेख गरिएको छ। उक्त मोडलले फाइभजी नेटवर्क सपोर्ट गर्नूका साथै फास्टर प्रोसेसर समावेश गरिने बताइएको छ।
त्यसैगरी उक्त इन्ट्रि लेबलका मोडलहरुमा फाइभजीलाई डिफल्ट अप्सनको रुपमा समावेश गरि लागत कटौतीका निमित्त स्क्रीन र क्यामरा जस्ता अन्य कन्फिगरेसनका पार्टहरु घटाईने बताइएको छ।
प्रकाशित: १२ पुष २०७९, मंगलवार