साइबर सुरक्षा प्रदान गर्ने स्टार्टअप मोनाल टेकलाई ह्वावे स्टार्टअप आइसिटी अवार्ड

  • Technology Khabar | १२ पुष २०७९, मंगलवार

काठमाडौं ।

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ। शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मोनाल टेकलाई स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो, जसअनुसार यस वर्ष स्टार्टअप विधामा ५० बढीको नोमिनेसन प्राप्त भएको थियो।

स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए । प्राप्त आवेदन मध्येबाट विभिन्न चरणको छनौट र पब्लिक भोटिङ पश्चात मोनाल टेकले स्टार्टअप आइसिटी अवार्डको उपाधि जित्न सफल भएको हो।

विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा प्रदान गरेको थियो।

मोनाल टेक सूचना प्रविधि सुरक्षा, नेटवर्क सुरक्षा, पूर्वाधार सुरक्षा र संगठनको साइबर सुरक्षालाई बलियो पार्न स्थापना भएको हो । कम्पनीका अनुसार साइबर सुरक्षा विज्ञसहितको आईटी टिमले २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटाको सुरक्षा गर्नेछ।

मोनाल टेकले साइबर सोलुसन, ट्रेनिङ र समग्र सूचना प्रविधि पूर्वाधारको सुरक्षा पनि प्रदान गर्ने जानकारी दिएको छ।

कम्पनीले सेक्युरिटी अपरेसन सेन्टर, सेक्युरिटी अडिट, साइबर सेक्युरिटी ट्रेनिङ, साइबर सेक्युरिटी कन्सल्ट्यान्ट, सेक्युरिटी डिभाइस लगायत साइबर सेक्युरिटी प्रडक्टहरू प्रदान गर्दै आएको छ।

प्रकाशित: १२ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया