
काठमाडौं ।
टीएसएमसीका अध्यक्ष वेई झेजियाले विगतमा घोषणा गरे अनुसार यहि वर्ष भित्र ताइवानमा ३ एनएमको मास उत्पादन थालिने ताइवान ईकोनोमीक डेलीले बताएको छ। टीएसएमसीले आगामी डिसेम्बर २९ को दिन नान्केमा ३ एनएम मास प्रोडक्सन एण्ड फ्याक्ट्री एक्सपान्सन समारोहको आयोजन गर्न लागेको बताइएको छ।
गत अक्टोबरमा वेई झेजियाले एक कानूनी बैठकमा ३ एनएमको राम्रो प्रगति भईरहेको बताएका थिए। उक्त ३ एनएमको यइल्ड रेट राम्रो भएको र चौथौं क्वाटरमा मास उत्पादन थालिने वेईले दाबी गरेको बताइएको छ। हाई-स्पीड कम्प्यूटिङ र मोबाईल फोन एप्लीकेसनहरुले गर्दा उक्त ३ एनएमको ग्राहकहरु माझ उच्च माग भएको बताइएको छ।
यस अघि वेई झेजियाले टीएसएमसी को ३ एनएमको व्यक्त नमिल्ने कठिनाइहरु रहेको भन्दै टेक्नीकल फोरमा बताएको उल्लेख गरिएको छ। यद्यपि फिन फिल्ड इफेक्ट ट्रान्जिस्टर (फिनफेट) स्ट्रक्चर कायमै राखेर उक्त ३ एनएमको मास उत्पादन चाँडै नै शुरु गरिने बताएका थिए।
टीएसएमसीले यो वर्ष भित्र नान्केमा ३ एनएमको मास प्रोडक्सन थाल्ने भनी बरम्बार घोषणा गरीसकेको उल्लेख गरिएको छ। नान्के वेफर फ्यासिलिटी १८ उक्त ३ एनएम प्रोसेसको मुख्य प्रोडक्सन बेश भएको बताइएको छ। ३ एनएम प्रोसेस टेक ५ एनएम (एन५) प्रोसेस टेक पछिको अर्को फुल जेनेरसन प्रोसेस हुने बताइएको छ। उक्त ३ एनएम फ्यामलीले धेरै कम्बीनेसनहरु समावेस गरेको थप उल्लेख गरिएको छ। यो वर्ष ३ एनएमको मास उत्पादन गरिने र अर्को वर्ष एन३ई को मास उत्पादन थालीने बताइएको छ। त्यसैगरी अर्को वर्ष पछि एन३पी को उत्पादन थालीन बताइएको छ।
गत जुलाईमा सामसङले टीएसएमसी भन्दा अघि नै हाई पर्फमेन्स कम्प्यूटिङ सेगमेन्टका केहि ग्राहकहरुको लागि ३ एनएम चिप्सको मास उत्पादन थालनीको घोषणा गरेको बताइएको छ।
प्रकाशित: १२ पुष २०७९, मंगलवार