स्मार्टफोनको ४२ प्रतिशत ग्लोबल राजश्वसहित तेस्रो क्वाटरमा एप्पल शीर्ष स्थानमा

  • Technology Khabar | १२ पुष २०७९, मंगलवार
स्मार्टफोनको ४२ प्रतिशत ग्लोबल राजश्वसहित तेस्रो क्वाटरमा एप्पल शीर्ष स्थानमा

काठमाडौं ।

एप्पलले विश्व स्मार्टफोन बजारको राजश्वमा प्रतिस्पर्धी कम्पनीहरुलाई पछि पारेको छ। काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा एप्पलले आफ्नो प्रभुत्व कायम गरेको हो।

गत वर्षको तुलनामा यो वर्ष समग्रमा स्मार्टफोनको बिक्री ३ प्रतिशतले घटेको छ। स्मार्टफोनको बिक्री १२ प्रतिशतले घटे पनि स्मार्टफानेको असौत बिक्री मूल्य १० प्रतिशतले बढेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

फाइभजी फोनको कुल बिक्रीको ४६ प्रतिशत तेस्रो क्वाटरमा भएको छ। यस वर्षको तेस्रो क्वाटरममा एप्पलले ४२ प्रतिशत विश्वव्यापी स्मार्टफोन राजस्व सेयरसहित आफूलाई अग्र स्थानमा राखेको छ। गत वर्षको सोही अवधिमा एप्पलको हिस्सा ३७.१ प्रतिशत थियो। जुलाइ र सेक्टेम्बर २०२२ मा एप्पलको आईफोन १४, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको बिक्री राम्रो भएको छ।

२०२२ अक्टोबरको पहिलो हप्ता अघिसम्म आईफोन १४ प्लसको बिक्री शुरु भएको थिएन। १८.३ प्रतिशत बजार सेयर सहित सामसङले एप्पललाई पछ्याइरहेको छ। तेस्रो स्थानमा रहेको शाओमीको बजार हिस्सा ८.३ प्रतिशत । ओप्पो ६ र भिभो ५ प्रतिशत बजार सेयर सहित क्रमश चौथो र पाँचौ स्थानमा छन्।

प्रकाशित: १२ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...