कारमा बसेर भिडियो गेम खेल्न मिल्ने ईभी ल्याउँदै सोनी

  • Technology Khabar | १२ पुष २०७९, मंगलवार
कारमा बसेर भिडियो गेम खेल्न मिल्ने ईभी ल्याउँदै सोनी

काठमाडौं ।

इलेक्ट्रोनिक उत्पादक कम्मपनी सोनी इलेक्ट्रिक सवारी बजारमा आउने भएको छ। सोनी र होन्डाको संयुक्त उद्यम (जेभी) सोनी होन्डा मोबिलिटी (एसएचए) २०२३ जनवरी ४ लस भेगासमा कन्ज्यमुर इलेक्ट्रोनिक्स शो (सीईएस)मा एक प्रमुख घोषणा गर्ने तयारी गरेको छ।

डाइभस्पार्कका अनुसार सोनी होन्डा जेभीले उक्त कार्यक्रममा आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गर्नेछन्।

सोनीले जापानको कार निर्माता होन्डासँगको जेभीमा इलेक्ट्रिक कार निर्माण गरिरहेको छ। रिपोर्टका अनुसार यस कारको उत्पादन सन् २०२६ देखि शुरु हुनेछ। सोनीको इलेक्ट्रिक कार शुरुवाती चरणमा युरोप र अमेरिकामा उपलब्ध गराइनेछ।

अटोनोमस फिचर

सोनीको इलेक्ट्रिक कार लेभल ३ अटोनोम ड्राइभिङ प्रविधिमा आधारित हुनेछ। यस प्रविधिको मद्दतले कार आफै चल्न सक्षम हुन्छ। यस कारमा धेरै क्यामरा हुनेछ। कारको आर्टिफिसियल इन्टिलिजेन्सले आस पासको ट्राफिकलाई बुझेर कारलाई स्वचालित रुपमा गुड्न मद्दत गर्नेछ।

रिपोर्टका अनुसार कारको इन्फोटेनमेन्ट सिस्टलाई सोनी प्लेस्टेशन ५ फुल भर्जनमा परिवर्तन गरिनेछ। यसको मतलब कारमा बसेर भिडियो गेम खेल्न सकिन्छ।

सोनी होन्डा मोबिलिटी अन्तर्गतको इलेक्ट्रिक कार लग्जरी सेगमेन्टमा बजारमा ल्याइनेछ। सोनीको इलेक्ट्रिक कार महँगो हुनेछ।

सोनी होन्डा मोबिलिटीले यस कारको बुकिङ सन् २०२५ को मध्यदेखि शुरु गर्ने घोषणा गरेको छ। यस वर्षको शुरुवातमा आयोजित २०२२ सीईएसमा सोनीले आफ्नो कन्फेप्ट कार भिजन एस–०२ सार्वजनिक गरेको थियो।

प्रकाशित: १२ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...