
काठमाडौं ।
नयाँ सरकार गठन भएसँगै बसेको पहिलो मन्त्रिपरिषद बैठकले ई-पासपोर्ट र स्मार्ट लाइसेन्सलाई सहज बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले जनताहरुलाई सास्ती खेप्दै आएका सरकारी कामहरुलाई सरलिकृत गर्ने निर्णय गरेको हो।
उनले पत्रकारहरुलाई पहिलो बैठकको निर्णयहरुको बारेमा जानकारी दिँदै सुशासनका लागि विभिन्न निर्णय गरिएको बताए।
‘जनताहरुले लामो लाइन बसेर सास्ती खेप्दै आएका राहदानी लाइसेन्सको लामो लाइन अन्त्य गर्न प्रभावकारी काम गर्नेछौं,’ उनले भने।
प्रकाशित: ११ पुष २०७९, सोमबार