अर्थ मन्त्रालय र मातहत निकायका काम डिजिटलाइज गर्ने नवनियुक्त अर्थमन्त्रीको निर्णय

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
अर्थ मन्त्रालय र मातहत निकायका काम डिजिटलाइज गर्ने नवनियुक्त अर्थमन्त्रीको निर्णय
फाइल तस्विर

काठमाडौं ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै अर्थ मन्त्रालय र त्यस मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन्।

सिंहदरबार पुगेर उनले तेस्रो पटक अर्थमन्त्रीका रुपमा पदभार सम्हालेका हुन्।

उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्रालय भित्रको काम कारबाहीका लागि अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। यसका साथै उनले विज्ञसँग सुझाव लिएर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बताएका छन्।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...