
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएका छन्।
उनले प्रधानमन्त्रीको शपथ लिएसँगै विभिन्न मन्त्रालयहरुको जिम्मेवारी समेत आफैंले लिएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराईन्।
हाल सञ्चार मन्त्रालय कुन दलको भागमा रहने र मन्त्री को हुने भन्ने विषय टुंगो नभएको अवस्थामा प्रधानमन्त्री दाहालले नै उक्त मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका हुन्।
यसअघि उक्त मन्त्रालयमा अघिल्लो सरकारमा सञ्चारमन्त्रीको रुपमा ज्ञानेन्द्र बहादुर कार्कीले जिम्मेवारी सम्हालेका थिए।
प्रकाशित: ११ पुष २०७९, सोमबार