शिक्षा मन्त्रीको उपलब्धीः सामुदायिक विद्यालयमा डिजिटल पुस्ताकलय तथा आईटी ल्याब

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
शिक्षा मन्त्रीको उपलब्धीः सामुदायिक विद्यालयमा डिजिटल पुस्ताकलय तथा आईटी ल्याब

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ४१६ दिनमा आफूले गरेको कामको विवरण सार्वजनिक गरेका छन्। २०७८ असोज २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीकोरुपमा पौडेल नियुक्त भएका थिए।

मन्त्री पौडेल आफ्नो कार्यकालममा सामुदायिक विद्यालयमा डिजिटल पुस्ताकलय तथा आईटी ल्याबलगायत विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गरेको कामलाई उल्लेख्य प्रगति भनेका छन्।

यसका साथै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी भएको, मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा रहेको समेत जानकारी दिए।

आव २०७८/७९ मा २१८१ सामुदायिक विद्यालयमा डिजिटल पुस्तकालय/ आईटी ल्याव स्थापना भएको, चालु आव २०७९/८० मा १००६ वटा विद्यालयमा ४ कोठे र १०१६ विद्यालयमा २ कोठे गरी मुलुकभरका जम्मा २०२२ वटा विद्यालय भवन निर्माणका लागि र आईटी ल्याव स्थापनाका लागि १४५२ विद्यालय छनौट भई वित्तीय हस्तान्तरणको क्रममा रहेको लगायतका विषयलाई समावेश गरेका छन्।

यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सुधारका लागि १० वर्षे रणनीतिक योजनाको मस्यौदा तयार भएको, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली, २०७८, सिकाइ चौतारी पोर्टल विकास, सञ्चालन, प्रयोग र सम्भार कार्यविधि, २०७८ तयार पारेको उल्लेख छ।

यस्तै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्रदान गरिने सेवालाई विकेन्द्रित गर्न सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना र संचालनको लागि सहमति प्राप्त भएकोमा यस अघि नै मधेश प्रदेशको बर्दिबासमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा स्थापना भई सकेकोमा यस वर्ष लुम्बिनी प्रदेशको रुपन्देहीमा विधि विज्ञान प्रयोगशाला स्थापना भएको र ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याइएको जस्ता विषय आफ्नो कार्यकालमा हासिल भएको उनले बताए।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...