धमाधम डिजिटल बन्दै शहरहरू, सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुर लगायतका शहरलाई डिजिटलाइज बनाउँदै

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
धमाधम डिजिटल बन्दै शहरहरू, सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुर लगायतका शहरलाई डिजिटलाइज बनाउँदै

काठमाडौं ।

पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटलरूपमा विस्तार भइरहेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको शक्रियताका कारण डिजिटल अभियान शाकार हुँदै गएको हो। पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर तथा व्यवशायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ।

बैकले फोनपेसँगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ। अब देखि ती टेम्पोहरमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा भएको थियो । यो अभियान एक वर्ष अगाडीनै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो।

यस्तै सिभिल बैंकको सक्रियतामै गत महिनामा सुदुरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो। ती स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ। यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ।

यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफुलहरुलाई डिजिटलाइज गरिसकेको छ। अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ।

फोनपे, विभिन्न बैंक तथा वित्तीय संस्थाको शक्रियतामा नेपाल सरकार र राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने अभियान साकार हुँदै गएको छ। जसको नेतृत्व भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिभिटेडले गरिरहेको छ।

विभिन्न शहर तथा व्यवशायलाई डिजिटलाईज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको शक्रियताको प्रसंशाा गरे।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार