
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले आगामी वर्षदेखि आफ्नो सबैभन्दा ठूलो सेमिकण्डक्टर प्लान्ट मार्फत चिप उत्पादन क्षमता वृद्धी गर्ने योजना अघि सारेको छ। आर्थिक मन्दीको पूर्वानुमान बावजुद पनि कम्पनीले उक्त महत्वपूर्ण घोषणा गरेको दक्षिण कोरियाली न्यूजपेपरले रिपोर्ट गरेको उल्लेख गरिएको छ।
चिपको अत्यधिक आपूर्ति सँग–सँगै बजारमा चिपको माग घट्दो भएपछि अन्य चिपमेकर कम्पनीहरुद्वारा लगानी गर्न नमानिरहेको अवस्थामा सामसङले भने ठीक विपरित कदम चाल्न लागेको बताइएको छ।
सामसङको अहिलेको लगानी योजनाहरुको निरन्तरताले पछि गएर मेमोरी चिप्सको मार्केट सेयर लिन कम्पनीलाई मद्दत पुग्ने र साथै चिप्सहरुको माग सुधारको अवस्थामा सेयरको मूल्यलाई थप सहयोग पुग्ने विश्लेषकहरुको भनाई रहेको उल्लेख गरिएको छ।
सामसङले डीआरएम मेमोरी चिप्सको लागि १२ ईन्च वेफर्स क्यापासिटि थपि दक्षिण कोरियाको प्योङटेक स्थित पी३ कारखानाको विस्तार गर्न लागेको सियोल इकोनोमिक डेलीले उद्योगको अज्ञात श्रोतलाई उद्रधृत गर्दै रिपोर्टमा उल्लेख गरेको बताइएको छ।
त्यसैगरी उक्त प्लान्टमा चार ओटा न्यानोमिटर चिप क्यापासिटि थपिने रपोर्टले उल्लेख गरेको बताइएको छ।
सामसङको हालसम्मकै ठूलो मानिएको उक्त पी ३ चिप उत्पादन कारखानाले यो वर्ष देखि नाण्ड फ्ल्यास मेमोरी चिप्सको उत्पादन थालनी गरेको बताइएको छ।
साथै सामसङले अर्को वर्ष कम्तिमा १० ओटा एक्सट्रिम अल्ट्राभ्वाईलेट मेसिनहरु थप्ने योजनामा रहेको रिपोर्टमा बताइएको छ।
सामसङले भने उक्त रिपोर्टको बारेमा कुनै प्रतिक्रिया नजनाएको बताइएको छ।
गत अक्टोबरमा कम्पनीले मध्येदेखि दीर्घकालीन रुपमा मागहरु पूरा गर्नका निमित्त फराकिलो उद्योगको प्रवृत्तिलाई अवहेलना गर्दै चिप उत्पादनमा कटौती गर्ने मनशाय नभएको बताएको उल्लेख गरिएको छ।
हामी हाम्रो मूल पूर्वाधार लगानी येजनामै अडान लिन्छौँ भनेर सामसङका मेमोरी व्यवसायका कार्यकारी उपाध्यक्ष हान जिन-मानले बताएको उल्लेख गरिएको छ।
यसको विपरित मेमोरी चिप प्रतिसपर्धि माईक्रोन टेक्नोलोजी इन्कले भने गत हप्ता २०२२ को फिस्कलको १२ बिलियन डलरको तुलनामा २०२३ को फिस्कलमा लगानी समायोजन गरी ७ देखि ७.५ बिलियन डलरमा झार्ने जानकारी उल्लेख गरिएको छ। साथै कम्पनीको २०२४ को फिस्कलमा उल्लेखनीय रुपमा क्यापेक्स घटाउने योजना रहेको बताइएको छ।
त्यसैगरी गत अक्टोबरमा ताईवानी चिपमेकर टीएसएमसीले २०२२ को वार्षिक लगानी बजेट १० प्रतिशतले कटौती गरेको बताइएको छ।
प्रकाशित: ११ पुष २०७९, सोमबार