मोबाइल एपमार्फत कृषि सूचना प्रदान

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
मोबाइल एपमार्फत कृषि सूचना प्रदान

काठमाडौं ।

बागलुङको काठेखोला गाउँपालिकाले मोबाइल एपमार्फत कृषकलाई कृषि सूचना प्रदान गर्न थालेको छ। हरेक कृषकको पहुँचमा पुग्ने गरी गाउँपालिकाले ‘कृषि फर्म मोबाइल एप सञ्चालन गरी कृषकलाई सूचना प्रणालीमा जोडेको छ।

मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको प्राविधिक तथा आर्थिक सहयोग बौबाइसौ बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको थियो। मोबाइल एप हरेक किसानले आफ्नो स्माट फोनमा डाउनलोड गरेका छन् ।

उक्त सेवा निःशुल्क हुने डेफर इन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले जानकारी दिए। साना महिला किसानहरूमा कृषि सूचनाको पहुँच पुयाउने उद्देश्यले मोबाइल एप्स सहयोग गरेको हो ।

सो परियोजनाले गाउँपालिकाको पशु तथा कृषि शाखामा रहने किस्का मेसिन हस्तान्तरण गरेको छ। उक्त मेसिनमा कृषि फर्म मोबाइल एप जहान गरिएको छ। किसानले मोबाइल एपमार्फत कृषि फर्म एप्समा रहने कृषि बिन तथा गाउँपालिकाको विषयगत शास्त्रसँग समन्वय गरी सूचना प्राप्त गर्न सक्छन्।

सूचना प्रबिधिबाटै खेतीपाती गर्ने तरिका, रोग कोराबारे जानकारी पाउन, मौसमअनुसारको खेतीपाती गर्न सहज बनाउने हेफर इन्टरनेसनलका कार्यक्रम संयोजक पन्थीले जानकारी दिए।

मोबाइल एसएमएस सेवाबाट किसानहरूले घरमै बसेर मौसम र कुषिसम्बन्धी जानकारी पाउने छन्। मौसम, कृषि उत्पादनको सूचनासँग जोडिन सक्ने छन्।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार