६६ किमीको रेञ्ज भएको एनआईयू केक्यूआई थ्री इलेक्ट्रिक स्कुटर

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
६६ किमीको रेञ्ज भएको एनआईयू केक्यूआई थ्री इलेक्ट्रिक स्कुटर

काठमाडौं ।

चिनियाँ कम्पनी एनआईयूले ६६ किलोमिटरको लङ्ग डिस्ट्यान्स रेञ्ज भएको केक्यूआइ थ्री म्याक्स स्ट्याण्डिङ्ग इलेक्ट्रिक स्कुटर अनावरण गरेको छ। उक्त नयाँ लाइट वेट केक्यूआई थ्री म्याक्स स्ट्ण्डिङ्ग ई–स्कुटरको टप स्पीड २४ किलोमिटर प्रति घण्टा रहेको बताइएको छ।

आरामदायीकर्तालाई ध्यानमा राखी डिजाईन गरिएको उक्त ई–स्कुटरले राम्रो प्रदर्शन गर्ने उल्लेख गरिएको छ। विशेष गरी अप्ठ्यारो बाटोहरुमा वा भूभागहरुमा सानो चक्का भएको ई–स्कुटर मार्फत यात्रा गर्न निकै कठिन हुने गर्दछ। तसर्थ केक्यूआइ थ्री म्याक्स त्यस्ता यात्राहरु सहज होस् भनेर निर्माण गरिएको बताइएको छ। चार ओटा राइडिङ मोड रहेको उक्त ई–स्कुटरमा ६०८.४ वाट–आवर अर्थात १३ एम्पीयरको ब्याट्री समावेश गरिएको बताइएको छ।

इ–सेभ, स्पोर्ट, पेड्सट्रियन र कस्टम मोड उक्त ई–स्कुटरका चार ओटा राइडिङ मोडहरु हुन्। इ–सेभ मोडको म्याक्सीमम्म स्पीड लिमिट १४ किलोमिटर प्रति घण्टा र स्पोर्ट मोडको अधिकतम स्पीड लिमिट २४ किलोमिटर प्रति घण्टा रहेको बताइएको छ। त्यसैगरी कस्टम मोडले भने प्रयोगकर्तालाई यात्रा अनुकुल राइडिङ्ग प्यारामिर्टस सेट गर्न सहयोग गर्ने उल्लेखछ।

४५० वाटको रियर हब मोटर रहेको उक्त ई–स्कुटर २५ डिग्री सम्मको ग्रेडियन्ट प्रोजेक्सन वा भनौ २५ डिग्रीसम्मको उकालो उक्लन सक्ने क्षमता राख्नेछ। एनआईयूको केक्यूआइ थ्री म्याक्स ई–स्कुटरको हार्ड फ्लोरबोर्डमा खुट्टा राख्नको लागि पर्याप्त स्पेस रहेको र फ्लोरबोर्डको मुनिको भाग भने ब्याट्री हाउजिङ फ्रेमको रुपमा प्रयोग गरिएको बताइएको छ। साथै उक्त ई–स्कुटरले १२० किलोग्राम सम्मको तौल वा भनौ भार थेग्न सक्ने भनी उल्लेख गरिएको छ।

एनआईयूको नयाँ इलेक्ट्रिक स्कुटर एनआईयू स्मार्टफोन एपद्वारा फोनमा कनेक्ट गर्न मिल्ने भनी जानकारीमा थप उल्लेख गरिएको छ। त्यसैगरी उक्त एपको मार्फत इलेक्ट्रिक स्कुटरलाई टाढैबाट लक गर्न मिल्ने छ। साथै उक्त एप राईड डाटा, स्कुटरको स्पीड मोडोरेट, सेटिङ्गस् र अन्य फिचरहरु हेर्नका लागि उपयोगी हुने बताइएको छ।

दुई वर्ष सम्मको ग्यारेन्टी रहेको एनआईयूको केक्यूआइथ्री म्याक्स स्ट्ण्डिङ्ग इलेक्ट्रि स्कुटरको मूल्य ९५३ अमेरिकी डलर तोकिएको छ।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार