पहिलो डिजिटल राइट्स स्कूल सफलतापूर्वक सम्पन्न

  • Technology Khabar | १० पुष २०७९, आईतवार
पहिलो डिजिटल राइट्स स्कूल सफलतापूर्वक सम्पन्न

काठमाडौं ।

बढ्दो इन्टनरनेट प्रयोग सन्दर्भमा डिजिटल अधिकार र डिजिटल सुरक्षाका विविध आयामको बारेमा जानकारी दिने तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पौष ७ र ८ गते दुई दिने डिजीटल राइट्स स्कूल आयोजना गरिएको छ।

पत्रकार, विद्यार्थी, निजी तथा सरकारी क्षेत्र र नागरिक समाजका प्रतिनिधि लगायत २५ जना सहभागी भएको डिजिटल राइट्स स्कूल नेपालमा पहिलो पटक आयोजना भएको डिजिटल राइट्स नेपालका महासचिव तथा डिजिटल राइट्स स्कूलका संयोजक टंकराज अर्यालले बताए।

डिजिटल राइट्स स्कूलमा डिजिटल अधिकारका आधारभूत विषयहरु, अनलाइन अभिव्यक्ति स्वतन्त्रता, अनलाइन गोपनीयता, डिजिटल समावेशीकरण र कनेक्टिभिटी, डाटाको गोपनीयता र संरक्षण, डिजिटल सुरक्षा, इंटरनेट गभर्नेन्स र गलत, भ्रामक सूचना र घृणायुक्त अभिव्यक्ति जस्ता विषयहरुमा छलफल गरिएको थियो ।

डिजिटल राइट्स स्कूलका बिभिन्न सत्रहरुमा नेपालबाट विशेषज्ञहरु टंकराज अर्याल, सन्तोष सिग्देल, रुकमणी महर्जन, दिपक अधिकारी तथा भारत र बंगलादेशबाट सतीश बाबु र अशरफुल हकले डिजिटल अधिकार तथा सुरक्षाका विभिन्न पक्षहरुमा प्रस्तुती दिएका थिए।

डिजिटल अधिकार र डिजिटल सुरक्षाका विविध पक्षको जानकारी लिने सन्दर्भमा स्कुल निकै उपयोगी रहेको सहभागिले बताएका छन्।

डिजिटल राइट्स स्कुल नेपालमा डिजिटल राइट्सका बिभिन्न बिषयमा सहभागीलाइ जानकारी दिन उपयोगी भएको र डिजिटल अधिकार र डिजिटल सुरक्षाको बारेमा जानकारी दिने उद्देश्यले देशको सातैवटा प्रदेशमा आयोजना गर्ने योजना रहेको डिजिटल राइट्स नेपालका अध्यक्ष सन्तोष सिग्देलले बताए।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार