स्न्यापड्रागन ८ जेन २ भर्सेज एप्पल ए १६- क्वालकम चिप उत्कृष्ट

  • Technology Khabar | १० पुष २०७९, आईतवार
स्न्यापड्रागन ८ जेन २ भर्सेज एप्पल ए १६- क्वालकम चिप उत्कृष्ट

काठमाडौं ।

भिभो एक्स ९० प्रो प्लस स्न्यापड्रागन ८ जेन २ चिप समावेश गर्ने पहिलो स्मार्टफोन बन्न पुग्यो र त्यसपश्चात इन्टरनेट मार्फत उक्त बेन्चमार्कको संख्या उल्लेखनिय वृद्धी भएको बताइएको छ। उक्त प्ल्याटफर्मको गेमिङ क्यापाबिलिटिज यानिकी स्थ्रेन्थ र स्ट्याबिलिटी (शक्ति र स्थिरता) निकै नै चाखलाग्दो रहेको भनि उल्लेख गरिएको छ। साथै नतिजाहरुले क्वालकम प्रोसेसर एप्पलको ए १६ बायोनिक भन्दा धेरै उच्च रहेको भनी बताएको उल्लेख गरिएको छ।

स्न्यापड्रागन समिट २०२२ मा क्वलकमद्वारा निर्मित ल्याटेस्ट स्न्यापड्रागन ८ जेन २ सीपीयू समावेश स्मार्टफोनको केहि समीक्षकहरुले परीक्षण गरेको बताइएको छ। उक्त परीक्षणको परिणामहरु निकै उत्कृष्ट रहेको उल्लेख गरिएको छ। उक्त स्न्यापड्रागनको जेन २ प्रोसेसरले स्न्यापड्रागन ८ जेन १ प्रोसेसरले भन्दा उत्कृष्ट प्रदर्शन गरेको बताइएको छ। साथै स्न्यापड्रागनको जेन २ प्रोसेसरले खास गरी जीपीयू डिपार्टमेन्ट अन्तर्गत एप्पलको एप्पल ए१५ र ए१६ बायोनिक प्रोसेसरहरुले भन्दा उत्कृष्ट प्रदर्शन गरेको थप उल्लेख गरिएको छ।

स्न्यापड्रागन ८ जेन २ को पर्फमेन्स टेस्ट

भिभोको एक्स ८० प्रो प्लसको उत्तराधिकारी भनिएको भिभो एक्स ९० प्रो प्लस स्मार्टफोनमा उक्त परीक्षणहरु गरिएको बताइएको छ। आधिकारीक रुपमा भिभो एक्स ९० प्रो प्लस स्न्यापड्रागन ८ जेन २ चिप समावेश गर्ने पहिलो स्मार्टफोन बनेर चिनियाँ रिटेलर्स सामु पुगेको बताइएको छ। त्यसपश्चात एप्पलको पछिल्लो आईफोन मोडलहरुसँग पर्फमेन्सको आधारमा गरिएको तुलनामा स्न्यापड्रागन ८ जेन २ उत्कृष्ट रहेको र वास्तविक दुनियामा उक्त प्रोसेसरहरुको मूल्यांकन संम्भव भएको बताइएको छ। माथिको उक्त तस्बिर गोलडेन रिभ्यूअर नामक यूट्यूबको स्माटफोन टेस्टर च्यानलले ट्वीट गरेको हो भनी उल्लेख गरिएको छ। फोटोको दाँया भागमा रहेको स्मार्टफोन भिभो एक्स ९० प्रो प्लस हो भने बाँया भागमा रहेको आईफोन १४ प्रो प्लस हो भनी थप उल्लेख गरिएको छ।। सबैभन्दा गाह्रो र २० मिनेट लामो ३डी मार्कको साथै वाइल्ड लाईफ एक्सट्रिम स्ट्रेस टेस्ट गरी दुईओटै स्मार्टफोनहरुले बेन्चमार्कमा समान पर्फमेन्स गरेको र निष्कर्ष पनि स्पष्ट भएको उल्लेख गरिएको छ।

एप्पल ए१६ बायोनिक स्न्यापड्रागन ८ जेन २ भन्दा कम शक्तिशाली

बेस्ट लूप तर्फको तुलनामा एक्स ९० प्रो प्लसले ३७५७ अंक प्राप्त गरेको थियो भने एप्पलको आईफोनले ३३५४ अंक प्राप्त गरेको बताइएको छ। उक्त तुलनामा एप्पलको लागि निराशाजनक पक्ष भनेको आईफोनको बेस्ट लूप एक्स ९० प्रो प्लसको लोएस्ट लूप (३३९० अंक) भन्दा पनि कम रहेको भनी उल्लेख गरिएको छ। साथै स्न्यापड्रागन ८ जेन २ को स्ट्याबिलिटी धेरै राम्रो भएको जुन आश्चार्यजनक विवरण नभएको भनि बताइएको छ।

क्वालकम हाइ–इण्डको स्थिरता ९०.२ प्रतिशत भएको र त्यसको विपरित आईफोनको जम्मा ७० प्रतिशत मात्र भएको बताइएको छ। यहाँबाट क्वालकम सीपीयू धेरै भरपर्दो र शक्तिशालीभएको संकेत गरेको बताइएको छ।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार