विद्यालयमा स्थापना भएको आइटी ल्याब तीन वर्षमा पनि संचालनमा आएन

  • Technology Khabar | १० पुष २०७९, आईतवार
विद्यालयमा स्थापना भएको आइटी ल्याब तीन वर्षमा पनि संचालनमा आएन
सांकेतिक तस्बिर

काठमाडौं ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका –७ अजिगारामा रहेको श्री माध्यमिक विद्यालयमा स्थापना गरिएको आइटी ल्याब हालसम्म संचालनमा आउन सकेको छैन्।

विद्यालयमा आइटी ल्याब स्थापना भएको करिब तीन वर्ष भएको छ। नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग रकममा ल्याब स्थापना भएका थियो।

विद्यालयका विज्ञान शिक्षक राधाकृष्ण शर्माका अनुसार ल्याब कक्षमा कम्प्युटर जडान भएपछि ताला लागेको छ। साइन्स ल्याबको टेबल धुलोले भरिएको छ। ल्याब स्थापना भएको तीन वर्ष पूरा भएको छ।

“मैले अहिलेसम्म ल्याब भित्र छिर्न पाएको छैन। ल्याबको चाबी प्रअसँग छ। खोल्नुभन्दा प्रअले चासो दिनु हुन्न,” उनले भनेका छन्।

स्थानीय सरकारले समेत विद्यालयको समस्या समाधानका लागि कुनै चासो नदिएको आरोप छ। यसै वर्ष तीन पटक अभिभावक भेला गरिए पनि सहमति नहुँदा व्यवस्थापन समिति गठन नभई टुङ्गिएको छ।

नगरपालिकाले समेत समस्यामा परेको विद्यालयमा अनुगमन गरी समाधानका लागि चासो नदिएको विद्यार्थीको गुनासो छ।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...