आईसीई प्रविधिमा रिलिज हुँदै भारतीय सिनेमा पठान

  • Technology Khabar | १० पुष २०७९, आईतवार
आईसीई प्रविधिमा रिलिज हुँदै भारतीय सिनेमा पठान

काठमाडौं ।

भारतीय चलचित्र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ नयाँ प्रविधि ‘आईसीई’ फर्म्याटमा रिलिज हुने भएको छ। र यदि यस्तो भयो भने, ‘पठान’ यो प्रविधिबाट रिलिज हुने भारतको पहिलो फिल्म हुनेछ।

यस प्रविधिको साथमा पहिलो पटक यसका निर्माताहरूले आफ्ना दर्शकहरूलाई नयाँ र उत्कृष्ट चलचित्र हेर्ने अनुभव दिने बताईएको छ। पठान फिल्म यहि २५ जनवरीमा रिलिज हुँदैछ।

आईसीई ढाँचाको बारेमा

फिल्म पठानको रिलिजसँगै यसले दर्शकका लागि चलचित्र हेर्ने नयाँ प्रविधि ल्याउनेछ। फिल्म आईसीई अर्थात इम्प्रेसिभ सिनेमा एक्सपिरियन्स(Impressive Cinema Experience-ICE) फर्म्याटमा रिलिज हुनेछ। जुन अहिलेसम्मको सामान्य सिनेमा भन्दा बिल्कुलै फरक हुनेछ।

जब कुनै फिल्म आईसीई फर्म्याटमा रिलीज हुन्छ, यसमा अगाडिको स्क्रिनको अतिरिक्त साइड प्यानलहरू हुन्छन्। जसमा अगाडि बाहेक साइडमा स्क्रिन हुँदा दर्शकले फिल्ममा आफूलाई पूर्ण रूपमा भएको महसुस गराउँछ। जसबाट दर्शकलाई आफू पनि फिल्मको हिस्सा भएको महसुस हुन्छ।

आईसीई प्रविधिमा चलचित्रहरू हेर्दा आईम्याक्स र थ्रीडीबाट पूर्ण रूपमा फरक र नयाँ प्रकारको अनुभव प्राप्त हुन्छ। र भारतमा अहिलेसम्म त्यस्तो कुनै प्रविधि नभएको बताईएको छ।

यशराज फिल्म्सका उपाध्यक्ष रोहन मल्होत्राकाअनुसार यो सिनेमा नयाँ प्रविधिमा समेत रिलिज हुनेछ। उनकाअनुसार पीभीआर सिनेमाको सहयोगमा यो प्रविधि भारतमा ल्याइनेछ।

यो फर्म्याटको फिल्म अवतारः द वे अफ वाटर हाल विश्वभरका थिएटरमा चलिरहेको छ।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार