तपाईँले प्रयोग गर्ने एटीएम कार्ड भित्र के के हुन्छ, जान्नुहोस्

  • Technology Khabar | १० पुष २०७९, आईतवार
तपाईँले प्रयोग गर्ने एटीएम कार्ड भित्र के के हुन्छ, जान्नुहोस्

काठमाडौं ।

आजकाल धेरैले एटीएम कार्डको रुपमा जानिने वा चिनिने डेबिट/क्रेडिट कार्ड प्रयोग गर्छन्। एटीएम कार्डले धेरै कुरालाई सहज बनाएको छ। मानिसहरु एटीएम कार्ड प्रयोग गरेर सजिलै पैसा निकाल्न सक्छन् भने यसले अनलाइन किनमेल समेत सहज बनाएको छ।

एटीएम कार्ड मुट्ठीमा राख्न सकिने जत्रै सानो हुन्छ, तर यसले धेरै जटिल प्रविधिमा काम गर्छ। बाहिरबाट हेर्दा यो सामान्य प्लाष्टिक कार्ड मात्रै हो, र यसरी भित्रबाट पनि सामान्य होला भन्ने लाग्छ तर त्यस्तो होइन। बाहिरबाट साधारण देखिने यो एटीएम कार्ड भित्रबाट निकै जटिल हुन्छ।

एटीएम बनाउन विशेष प्रकारको प्रविधि प्रयोग गरिन्छ। यस प्रविधिका कारण कन्ट्याक्टलेस भुक्तानी गर्न सजिलो हुन्छ। त्यो टेक्नोलोजी र एटीएम भित्र के हुन्छ यो खबरमा जानौं।

यो प्रविधि प्रयोग गरिन्छ

रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) प्रविधि डेबिट कार्ड वा एटीएमबाट कन्ट्याक्टलेस भुक्तानी गर्न प्रयोग गरिन्छ। यो प्रविधिले तपाईंलाई कार्ड भुक्तानी गर्न सुविधा दिन्छ। यस प्रविधिमा एटीएम कार्ड भित्र एउटा चिप हालिन्छ। एटीएम कार्ड रिडरको नजिक ल्याउँदा यो चिप सक्रिय हुन्छ। कार्ड रिडरबाट निस्कने संकेतले चिपलाई शक्ति दिन्छ। यद्यपि, यसलाई उर्जा दिनका लागि इम्बेडेड एन्टेना पनि यसभित्र प्रयोग गरिन्छ। यदि यो एन्टेना विच्छेद भयो भने, डेबिट कार्डमा रहेको चिपले पनि काम गर्दैन। यस कारणले तपाइँको कार्डबाट भुक्तानी गर्न सम्भव हुँदैन्।

टुटेको एटीएम कार्ड

कतिपयले एटीएम कार्ड बिचबाट तोडेर चिपसँगै एन्टेना रहेको फेला पारेका थिए। यो एन्टेना पातलो तामाको तारबाट बनाइएको हो। यो कार्ड भित्र छ, तर बाहिरबाट देखिँदैन्। यो तामाको तारले बनेको एन्टेनाले कार्डमा इम्बेडेड चिप सक्रिय गर्न मात्र काम गर्छ। यदि तपाईंले आफ्नो पुरानो एटीएम कार्ड तोडेर हेर्नुभयो भने, तपाईंले यो एन्टेना तार पक्कै देख्नुहुनेछ।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार