
काठमाडौं ।
सर्च इन्जिन गुगलको अगाडि कुनै पनि अन्य उत्पादनमा टिक्नका लागि धेरै गाह्रो छ। गुगलले लामो समयदेखि टेक उद्योगमा आफ्नो बर्चश्व कायम गर्दै आएको छ र यसलाई निरन्तरता दिन चाहन्छ।
तर, २ हप्ता अघि एक प्रयोगात्मक च्याटबोट च्याट जीपीटी (जेनेरेटिभ प्रट्रेन्ड ट्रान्सफर्मर) रिलिज भयो जसले उद्योगमा हलचल मच्चाएको छ। वास्तवमा, च्याट जीपीटीलाई ठूलो गेमचेन्जरको रूपमा लिइएको छ। यो कुरा बाहिर आएपछि गुगलमा कैयौं राउन्ड बैठकहरू भएका छन र त्यसपछि गुगल व्यवस्थापनले कम्पनीमा कोड रेड जारी गरेको रिपोर्टहरुमा उल्लेख छ। अर्थात्, अब कम्पनी भित्र एआई उत्पादनहरूमा बढी फोकस हुनेछ र गुगलले च्याट जीपीटी भन्दा राम्रो विकल्प खोज्नुपर्नेछ।
च्याट जीपीटी के हो ?
च्याट जीपीटी एक कृत्रिम बुद्धिमत्ता सफ्टवेयर हो। च्याट जीपीटी भनेको जेनेरेटिभ प्रिटेन्ड ट्रान्सफर्मर हो। सरल भाषामा, तपाईंले यसलाई यसरी बुझ्नुहुन्छ कि यसले गुगल जस्तै सर्च इन्जिनको काम गर्दछ। यसले तपाईंलाई अझ राम्रो तरिकामा स्पष्ट, सटीक र तर्कसंगत जवाफ दिन्छ। यही कारणले गर्दा यो सफ्टवेयरको लोकप्रियता लगातार बढिरहेको छ, जुन गुगलका लागि समस्या बनेको छ।
यो सफ्टवेयर बनाउने श्रेय साम अल्टम्यान नामका व्यक्तिलाई जान्छ। उनले २०१५ मा इलन मस्कसँग यसको सुरुवात गरे, तपछि इलन मस्क परियोजनाबाट पछि हटेका थिए।
गुगलले कोड रेड जारी गर्यो
च्याटबट च्याट जीपीटीले बजारमा हेडलाइन बन्ने बित्तिकै गुगलका सीईओ सुन्दर पिचाईले एकपछि अर्को धेरै बैठकहरू गरे र व्यवस्थापनले कोड रेड जारी गरेको रिपोर्ट बाहिरिएको छ। यो कम्पनीको लागि अलार्म जस्तै हो। च्याट जीपीटी २ हप्ता पहिले प्रयोगात्मक रूपमा सार्वजनिक गरिएको थियो। प्रयोगकर्ताहरूले ओपन एआईको वेबसाइटमा गएर यसमा पहुँच गर्न सक्छन्।
जानकारीका अनुसार सार्वजनिक भएपछि यस प्लेटफर्ममा १० लाखभन्दा बढी हिट भइसकेका छन् । यो कुराले कम्पनीलाई गुगल सर्चको भविष्यबारे सचेत गराएको छ। कम्पनीका सीईओ सुन्दर पिचाईले गुगलको एआई रणनीतिको बारेमा धेरै बैठकहरू गरे र च्याट जीपीटीको खतरालाई सम्बोधन गर्न कम्पनीलाई आफ्नो खोज इन्जिन व्यवसायमा ध्यान केन्द्रित गर्न निर्देशन दिए।
लाम्डा प्रतिस्पर्धा गर्न तयार
गुगलले च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्न पहिले नै च्याटबोट बनाएको छ। ओपन एआईको च्याटबोटको मुख्य प्रविधि गुगलको अनुसन्धानले विकसित गरेको हो। गुगलसँग ल्याङ्गवेज मोडल फर डाइलग एप्लिकेसन (लाम्डा) (LaMDA) वा भाषा मोडेल भनिने च्याटबोट छ, जसले च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्न सक्छ।
प्रकाशित: १० पुष २०७९, आईतवार