सीएटीएलको जर्मनी प्लान्टमा ब्याट्री सेलहरूको बृहत उत्पादन हासिल

  • Technology Khabar | १० पुष २०७९, आईतवार
सीएटीएलको जर्मनी प्लान्टमा ब्याट्री सेलहरूको बृहत उत्पादन हासिल

काठमाडौं ।

चिनियाँ पावर ब्याट्री जायन्ट सीएटीएलले आफ्नो पहिलो विदेशी प्लान्टमा ब्याट्री सेलहरूको ठूलो उत्पादन हासिल गरेको छ। यो विश्वव्यापी बजारमा यसको विकासको लागि महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा हुने बताईएको छ।

जर्मनीको थुरिङ्गियामा रहेको सीएटीएलको प्लान्टले तालिका अनुसार नै लिथियम-आयन ब्याट्री सेलहरूको ठूलो उत्पादन हासिल गरेको छ। जी२ फ्यासिलिटीमा पहिलो उत्पादन लाइनबाट पहिलो ब्याट्री सेलहरू आएका कम्पनीले घोषणा गर्यो।

क्षमता वृद्धि हासिल गर्न प्लान्टको बाँकी उत्पादन लाइनहरूको स्थापना र जडान पूर्णरूपमा भइरहेको कम्पनीले बताएको छ।

“सेलहरूले सीएटीएलका विश्वव्यापी उत्पादनहरू पास गर्न आवश्यक पर्ने सबै परीक्षणहरू पास गरेको छ, यसको मतलब कम्पनीसँग स्थानीय रूपमा युरोपेली ग्राहकहरूलाई आपूर्ति गर्ने क्षमता छ,” कम्पनीले भन्यो।

“सीएटीएल प्लान्टको क्षमता र्‍याम्प-अपको लागि पूर्ण जोशमा छ, जुन अर्को वर्ष युरोपेली टोलीको लागि प्राथमिकता हुनेछ,” कम्पनीको युरोपेली क्षेत्रका अध्यक्ष मथियास जेन्टग्राफले भने।

सीएटीएलले प्लान्टमा कुल १.८ अर्ब युरो लगानी गर्ने योजना बनाएको छ, जसको क्षमता १४ गीगावाट आवर छ र यसले भविष्यमा कुल २,००० स्थानीय रोजगारी प्रदान गर्नेछ।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार