‘इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौती थपियो’ -पत्रकार महासंघ

  • Technology Khabar | ९ पुष २०७९, शनिबार
‘इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौती थपियो’ -पत्रकार महासंघ

काठमाडौं ।

नेपाल पत्रकार महासंघले इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको बताएको छ। महासंघले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यहि पुस ८ र ९ गते सम्पन्न महासंघको केन्द्रीय साधारणसभा मार्फत आमपत्रकारहरुलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ।

महासंघले दुईदिने सम्मेलनमार्फत १५ बुँदे घोषणा पत्र जारी गर्दै इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको सन्दर्भमा यो केन्द्रीय साधारणसभा आमपत्रकारहरुलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ। साथै, सम्वद्ध निकायहरुलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननमा घटनामा संलग्नमाथि कानूनी कारबाहीका लागि जोडदार माग गरेको छ।

यसैगरी साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दीगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो साधारणसभाले माग गरेको छ।

“साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ।”

पत्रकार महासंघले छापा, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यममा आएका चुनौती र नयाँ सञ्चारमाध्यमले ल्याएको अवसरलाई आत्मसात गर्ने गरी सञ्चारकर्मीका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि तथा वृत्ति–विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई अभियानकै रुपमा अघि बढाउन निर्देश गरेको छ।

घोषणापत्रमार्फत पत्रकार परिचयपत्र (सूचना विभागले जारी गरेको प्रेस पास) बाट बञ्चित हुँदा श्रमजीवी पत्रकारहरुलाई सूचनाको पहुँचसम्म पुग्नसमेत कठिनाइ भएकाले प्रेस पासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्वद्ध सबै निकायलाई अपिल गरेको छ।

प्रकाशित: ९ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार