भारतमा मोबाइल फोन चोरी गर्ने ‘मेस्सी ग्याङ’ समातियो

  • Technology Khabar | ९ पुष २०७९, शनिबार
भारतमा मोबाइल फोन चोरी गर्ने ‘मेस्सी ग्याङ’ समातियो
सांकेतिक तस्विर

काठमाडौं ।

अर्जेन्टिनाका फुलबल स्टार लियोनल मेस्सीका फ्यान रहेका ४३ वर्षीय पुरुषलाई लुटपाटको अभियोगमा दिल्ली प्रहरीले पक्राउ गरेको छ। मेस्सी ग्याङ फोन चोरीका ५५ भन्दा बढी घटनामा संलग्न रहेको प्रहरीले जनाएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

भीडभाडमा लुटपाट गर्ने समूहले पछिल्ला दुई वर्षमा धेरैलाई निशाना बनाएको प्रहरीको भनाइ छ। ‘ग्याङका लिडर एक फुटबल फ्यानका साथै खेलाडी हुन्। उनी प्राय आफूलाई मेस्सी भनेर सम्बोधन गर्थे,’ प्रहरीले भने।

पिंकु र उनका सहयोगी अजय कुमार ३७ वर्ष, पम्पी ५२ वर्ष र फिरोज खान ३० वर्ष ५६ फोनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

मंगलबार गस्तीको क्रममा आरोपीहरुलाई रोकेर सोधपुछ गरिएको डीएसपी चन्दन चौधरीले भने। उनीहरुले प्रहरीलाई बहकाउने प्रसाय गरे पनि खोज तलाशी गर्दा ११ ओटा मोबाइल फोन बराबद भएको थियो। ठूलो परिमाणमा फोन किन राखिएको भन्ने खुलाउन नसकेपछि उनीहरु पक्राउ परेका हुन्।

उनीहरुलाई सोधपुछ गर्दा विभिन्न क्षेत्रबाट चोरी भएका थप ४५ ओटा फोन बरामद भएको छ।

पिंकुले उक्त ग्याङ विगत ४/५ वर्षदेखि दक्षिण र दक्षिणपूर्वी दिल्लीमा सक्रिया रहेको खुलासा गरे।

प्रकाशित: ९ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...