सामसङद्वारा पहिलो १२ एनएम क्लास डीडीआर५ डीर्याम घोषणा

  • Technology Khabar | ८ पुष २०७९, शुक्रबार
सामसङद्वारा पहिलो १२ एनएम क्लास डीडीआर५ डीर्याम घोषणा

काठमाडौं ।

सामसङले १६ जीबी डीडीआर५ डीर्यामको अपडेटेड भर्जनको घोषणा गरेको छ। हाल बजारमा रहेको प्रोडक्ट १४ एनएम ईयूभी लाई अपग्रेड गरी उक्त मेमोरी १२ एनएम क्लास प्रोसेस टेक्नोलोजीमा निर्माण गरिएको हो।

एएमडी प्रोडक्टहरुसँग पनि उपयुक्त हुने उक्त नयाँ डीडीआर५ डीर्याम जेन प्ल्याटफर्ममा अप्टिमाइज र भ्यालिडेटेड गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

उक्त मेमोरीको नयाँ मानक बजार स्विकारउक्तिको लागि मुख्य भूमिका निर्वाह गर्ने भनी सामसङको डीर्याम प्रोडक्ट एण्ड टेक्नोलोजीका ईभीपी जूयोङ लीले बताएका छन्।

नयाँ म्याटिरियल प्रयोग गरी निमार्ण गरिएको उक्त डीर्यामले सेलको क्यापासिटान्स बढाउने र प्रोप्रियटरी डिजाइन टेक्नोलोजीले गर्दा क्रिटिकल सर्किट क्यारेक्टरस्टिक्समा सुधार आउने बताइएको छ।

उक्त नयाँ डीर्याम एक्सट्रिम अल्ट्राभ्वाइलेट (ईयूभी) लिथोग्राफीमा आधारित भएको हुनाले हाएर डाई डेनसिटी प्रदान गरी वेफर प्रोडक्टीभिटी २० प्रतिशतले अझ राम्रो हुने बताइएको छ। त्यसैगरी उक्त नयाँ डीर्यामले २३ प्रतिशतले कम बिजुली खपत गर्ने भनी थप बताइएको छ।

उक्त नयाँ डीडीआर५ डीर्यामको पहिलो मेमोरी स्टिक आगामी वर्ष २०२३ देखि सिपिङ हुने अपेक्षा गरिएको बताइएको छ।

प्रकाशित: ८ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार