काठमाडौं ।
जापानभर वृहत प्रदर्शन गरिएको ‘अवतारः द वे अफ द वाटर’ चलचित्रले पछिल्लो सप्ताहन्तमा शीर्ष स्थान ओगटन असफल भएको बताइएको छ।
उक्त स्थानमा द फ्रस्ट स्ल्याम डंक नामक बास्केटबल पिक्चर एनिमी उक्लिएको बताइएको छ। त्यसैगरी देशभरका विभिन्न थिएटरहरुले उक्त चलचित्रलको प्रदर्शनको दौरान प्राविधिक समस्याहरु झेलेको बताइएको छ। मध्य जापानको एउटा थिएटरमा उक्त चलचित्रलको ४८ फ्रेम्स पर सेकेण्ड (एफपीएस) को फ्रेम रेट घटाएर परम्परागत शैलीकै २४ फ्रेम्स पर सेकेण्ड (एफपीएस) मा झारिएको ब्लूमबर्गले रिपोर्टमा उल्लेख गरेको छ।
अन्य थिएटरहरुमा पनि चलचित्रल प्रदर्शनको दौरान समस्याहरु आएपश्चात फ्यानहरु प्रदर्शनस्थलबाट फर्किएको र उनीहरुको भुक्तानी फिर्ता गरीएको उल्लेख छ। जापानका केहि थिएटर चेनहरुमा चलचित्रमा आएको समस्याहरुको बारेमा फ्यानहरुले बताएतापनि यूनाइटेड सिनेमा, तोहो कोल र टोक्यू कर्पहरुले यस विषयमा कुनै प्रतिक्रिया नदिएको उल्लेख गरिएको छ।
धेरै जस्तो चलचित्र थिएटरहरुले हाई फ्रेम रेट (एचएफआर) ४८ फ्रेम्स पर सेकेण्ड ( एफपीएस) प्लेब्याक सपोर्ट नगरेको र उनीहरुले ल्याटेस्ट प्रोजेक्टरको प्रयोग गरी आफ्नो थिएटरको अपग्रेड गर्नुपर्ने उल्लेख गरिएको छ। सामान्यतय हलहरुले आफ्नो प्ले गर्ने योग्यता बुझेर त्यसबाट सचेत भई त्यहि अनुसार योजना बनाउनु पर्नेछ।
अवतारः द वे अफ द वाटर चलचित्र २ डी ४८ एफपीएस, ३ डी एफपीएस र नियमित २४ एफपीएस गरी भिन्न फम्र्याटहरुमा उपलब्ध भएको बताइएको छ। उक्त चलचित्रको ४८ एफपीएस भर्जनमा हाई फ्रेम रेट (एचएफआर) टेक एक्सन सिक्वेन्सहरुमा मात्र प्रयोग भएको र डायलग र स्लोअर सिनहरुमा फ्रेमहरुलाई डुब्लीकेट गरेर २४ एफपीएसमा डायल डाउन गरिएको उल्लेख गरिएको छ।
प्रकाशित: ८ पुष २०७९, शुक्रबार