भारतमा ३० करोडभन्दा बढी भ्युज भएका ३ युट्युब च्यानलमाथि प्रतिबन्ध

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
भारतमा ३० करोडभन्दा बढी भ्युज भएका ३ युट्युब च्यानलमाथि प्रतिबन्ध

काठमाडौं ।

भारतले पछिल्लो समय युट्युब च्यानलहरु निरन्तर बन्द गराउँदै आएको छ। अब फेरी भारतीय सरकारले केही युट्युब च्यानलमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ। सरकारले सामाजिक सञ्जालको दुनियाँमा पनि कडा निगरानी राखेको छ।

यसपटक सूचना तथा प्रसारण मन्त्रालयले यो सूचीमा थप ३ युट्युब च्यानलहरू समावेश गरेको भारतीय मिडियाहरुले जनाएका छन्। यी च्यानलहरूलाई झुटा समाचार फैलाएको आरोपमा कारबाही गरिएको छ।

यी युट्युब च्यानलका भिडियोहरू ३०० मिलियन भन्दा बढी पटक हेरिएको छ। तर, झुटा समाचार फैलाउने युट्युब च्यानलमाथि कडा कारबाही भएको यो पहिलो पटक भने होइन। यसअघि पनि भारत सरकारले यस्ता धेरै युट्युब च्यानलमा प्रतिबन्ध लगाएको छ।

भारतको प्रेस सूचना ब्यूरोले २० डिसेम्बर २०२२ मा ट्वीट गरेर सूचना र प्रसारण मन्त्रालयले ३ युट्युब च्यानलहरू प्रतिबन्ध लगाउन भनेको छ। यी च्यानलहरूको सूचीमा समाचार हेडलाइन्स, सरकारी अपडेट र आज तक लाइभ समावेश छन्। यी च्यानलहरूमा ३३ लाख भन्दा बढी सदस्यहरू र ३० करोड भन्दा बढी भ्यूहरू थिए।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...