पब्जी मोबाइल नेसनल च्याम्पियनशिपमा लियो ग्याङस्टरको आक्रमक शुरुवात

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
पब्जी मोबाइल नेसनल च्याम्पियनशिपमा लियो ग्याङस्टरको आक्रमक शुरुवात

काठमाडौं ।

पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) २०२२ नेपालको फाइनलमा लियो ग्याङस्टरले आक्रमक शुरुवात गरेको छ। काठमाडौंको भृकुटीमण्डमा बुधबारदेखि शुरु भएको फाइनलको पहिलो दिन लियो ग्याङस्टरले शीर्षस्थान ओट्न सफल भएको छ।

पहिलो दिनको ६ खेलमा लियो ग्याङस्टर ११६ अंक जोड्न सफल भएको छ। ३ चिकेन डिनरसहित ५५ प्लेसमेन्ट र ६१ इलिमिनेसन प्वाइन्ट लियो ग्याङस्टरले प्राप्त गरेको हो।

८३ अंक जोडेको एब्रप्ट स्लेयर दोस्रो स्थानमा छ। एब्रप्ट स्लेयरले एउटा पनि चिकन डिनल लिन नसके पनि ३७ प्लेसमेन्ट र ४६ इलिमिनेसन प्वान्ट जोडन् सफल भएको छ।

तेस्रो स्थानमा रहेको आई८को ७० अंक छ।

दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितको कुल पुरस्कार राशी ३० हजार अमेरिकी डलर छ।

पहिलो स्थानमा आउने टिमले १० हजार अमेरिकी डलर, दोस्रोमा आउने ५ हजार अमेरिकी डलर र तेस्रो हुने टिमले साढे ३ हजार अमेरिकी डलर प्राप्त गर्ने छन्। साथै शीर्ष टिम पब्जी मोबाइल प्रो लिग (पीएमपीए) साउथ एशियाका लागि छनोट हुनेछन्।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...