नेटफ्लिक्स, डिज्नी प्लस र प्राइम भिडियोको पासवर्ड सेयर गर्नु बेलायतमा गैरकानूनी हुने

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
नेटफ्लिक्स, डिज्नी प्लस र प्राइम भिडियोको पासवर्ड सेयर गर्नु बेलायतमा गैरकानूनी हुने

काठमाडौं ।

नेटफ्लिक्स र अन्य भिडियो स्ट्रिमिङ प्लेटफर्मका प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड सेयर गर्दै आइरहेका छन्। तर नयाँ पाइरेसी गाइडलाइन्स अनुसार अब यस्तो अभ्यास चाँडै बेलायतमा अवैध हुन सक्नेछ।

गिज्मोचाइनाका अनुसार नेटफ्लिक्स, डिज्नी प्लस र प्राइम भिडियोको पासवर्ड सेयर गर्नु बेलायतमा गैरकानूनी मानिनेछ। यो समाचार नयाँ अपडेट पाइरेसी गाइडलाइन्स अनुरुप आएको जुन बेलायतको बौद्धिक सम्पत्ति कार्यालयले सेयर गरेको छ।

स्ट्रिमिङ सेवाहरुको पासवर्ड सेयरिङ जसमा डिज्नी प्लस लगायत लोकप्रिय प्लेटफर्महरु छन्। यस्तो गर्नु प्रतिलिपि अधिकार कानून तोड्ने कार्यको रुपमा मान्न सकिन्छ।

यदि कसैले नेटफ्लिक्स, डिज्नी प्लस, अमेजन प्राइमको पासवर्ड सेयर गरेमा धोखाधडी वा प्रतिलिपि अधिकारको कानून उल्लङ्घनको लागि कानूनी रूपमा कारबाही गर्न सकिन्छ।

पछिल्लो समय भिडियो स्ट्रिमिङ प्लेटफर्मको पासवर्ड एक अर्कामा सेयर गरेर चलाउने कार्यले विश्वभर व्यापकता पाएको छ। एउटा सबस्क्राइबरको माध्यमबाट धेरै व्यक्तिले भिडियो स्ट्रिमिङ प्लेटफर्मको सेवा प्रयोगकर्ता कम्पनीहरुको राजश्वमा ठूलो क्षति पुगेको छ।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...