
काठमाडौं ।
सन् २०२३ को फेब्रुअरी महिनामा सामसङ ग्यालेक्सी एस २३ सिरिज को अनावरण गरिने अपेक्षा गरिएको बताइएको छ। आधिकारीक रुपमा सार्वजनिक हुनुअघि गीकबेन्चले भने उक्त फोनको फेरी एउटा परीक्षणको बरेमा खुलासा गरेको बताइएको छ।
उक्त सामसङ ग्यालेक्सीको मोडल नम्बर एसएम–एस९११बी रहेको र फोनमा स्न्यापड्रागन ८ जेन २ को चिपसेटसहित ८ जीबी र्याम समावेश गरिएको बताइएको छ। फोनले सिंगल–कोर टेस्टमा ५७८ अंक प्राप्त गरेको थियो भने मल्टी–कोर डिपार्टमेन्ट अन्तर्गत २,११८ अंक प्राप्त गरेको उल्लेख गरिएको छ।
यी अंकहरु पहिले गरिएको ग्यालेक्सी एस २३ को परीक्षणको भन्दा कम भएको तर उक्त परीक्षणहरु एकै खालको टेस्ट डिभाइसमार्फत गरिएको हुँदा अंकमा घटबढ हुनु सामान्य मानिएको छ।
अन्तत, यस वर्ष सामसङले ग्यालेक्सी एस फोनहरुको सम्पूर्ण स्न्यापड्रागन लाइनअप ल्याउन लागेको उल्लेख गरिएको छ। त्यसैगरी विश्व बजारको सबै क्षेत्रहरुको लागी उक्त ग्यालेक्सी एस २३ मा स्न्यापड्रागन ८ जेन २ को चिपसेट समावेश गरिने थप बताइएको छ।
यद्यपी यूरोपियन यूनिटहरुको लागि क्वालकम चिपसेट फ्ल्यागसिप अन्तर्गतको ओभर क्लक्ड भर्जन समावेश गरिएको फोन उपलब्ध हुन सक्ने सम्भावना रहेको बताइएको छ। उक्त क्वालकम चिपसेटले गीकबेन्चको परीक्षणमा सिंगल–कोर टेस्टमा १,५०४ अंक र मल्टी–कोर टेस्टमा ४,५८० अंक प्राप्त गरेको बताइएको छ।
प्रकाशित: ६ पुष २०७९, बुधबार