
काठमाडौं ।
फेसबुकले अनलाइन क्लासिफाइड विज्ञापन बजारमा ईयू प्रतिस्पर्धा उल्लङ्घन गरेको आरोप लागेको छ।
ईयूले औपचारिकरूपमा नै फेसबुकलाई आफ्नो मार्केटप्लेस सेवाहरूसँग प्रतिस्पर्धा कानून उल्लङ्घन गरेको आरोप लगाएको हो।
कम्तिमा तीन वर्षको अनुसन्धानपछि, युरोपेली आयोगले फेसबुकको मूल कम्पनी मेटालाई आपत्तिको बारेमा औपचारिकरुपमा आरोप पत्र पठायो।
कम्पनीले अनलाइन वर्गीकृत विज्ञापनहरूको लागि बजारमा प्रतिस्पर्धालाई विकृत गरेर ईयू एन्टिट्रस्ट नियमहरू उल्लङ्घन गरेको बताईएको छ।
प्रकाशित: ६ पुष २०७९, बुधबार