आइएमई दसैँ अफर विजेतालाई रू.१० लाखको चेक हस्तान्तरण

  • Technology Khabar | ५ पुष २०७९, मंगलवार

काठमाडौं ।

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो। मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेकि थिईन्।

मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

प्रकाशित: ५ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया