
काठमाडौं ।
अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आयोजना गरेको ‘टिकटक हिरोज सिजन २’ का लागि भोटिङ सुरु गरेको छ। ग्यापुको मोबाइल एपमा गएर आफूलाई मन पर्ने टिकटकरलाई निशुल्क भोटिङ गर्न सकिनेछ।
टिकटक प्रयोगकर्तालाई टिकटक हिरोजमा सहभागी हुनका लागि कात्र्तिक ४ देखि १८ गतेसम्म फारम खुला गरिएको थियो। सहभागीमध्ये उत्कृष्ट सय जना छनोट गरी भोटिङ खुला गराएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए।
उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन्।
प्रकाशित: ५ पुष २०७९, मंगलवार