Technology Khabar ५ पुष २०७९, मंगलवार
काठमाडौं ।
नुबियाको पछिल्लो जेड सिरिज फ्लगसिप अन्तर्गतको नुबियाले स्न्यापड्रागन ८ जेन २ चिप र ३५ एमएम को मुख्य क्यामरा समावेस गरी नुबिया जेड ५० को घोषणा गरेको छ।
उक्त डिभाइसमा एफएचडी प्लस रिज्योलुसन र १४४ हर्जको रिफ्रेस रेट सहितको ६.६७ इन्चको कर्भ एमोलेड स्क्रीन डिस्प्ले रहने उल्लेख गरिएको छ। त्यसैगरी फ्रन्ट क्यामराको रुपमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा पनि रहने बताईएको छ। नुबियाले उक्त डिभाईसमा स्न्यापड्रागन साउण्ड र डीटीएसःएक्स अल्ट्रा संग ट्यिुन गरिएको स्टेरियो स्पिकर्स समावेस गरिएको उल्लेख गरेको छ।
उक्त डिभाइसमा ६४ मेगापिक्सलको कस्टम सोनी आईएमएक्स ७८७ मुख्य क्यामराको रुपमा रहने बताइएको छ। उक्त ६४ मेगापिक्सलको कस्टम क्यामरा पोट्र्रेट फोटोग्राफिको लागि उत्तम मानिएको ३५ एमएमको लेन्स सरह भएको उल्लेख गरिएको छ। त्यसैगरी अटोफोकस र म्याक्रो क्यामराको रुपमा १४ एमएम लेन्स बराबरको ५० मेगापिक्सेलको अल्ट्रा वाइड मोड्युल दोस्रो सेन्सरको रुपमा उक्त डिभाइसमा समवेस गरिएको छ।
१६ जीबीको एलपीडीडीआर५एक्स र्याम र एक टेराबाईटको यूएफएस ४.० स्टोरेजको साथै स्न्यापड्रागन ८ जेन २ चिप नुबिया जेड ५० मा रहने छन्। त्यसैगरी उक्त डिभाईसमा एन्ड्रोइड १३ अन्तर्गतको माईओएस १३ मुख्य सफ्टवेयर रहने बताईएको छ। उक्त डिभाईसमा ८० वाटको वार चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री छ।
नुबिया जेड ५० कालो, सेतो र हरियो गरी तीन भिन्न रङ्गहरुमा उपलब्ध हुने बताइएको छ। ८/१२६ जीबी र्यमको ईन्ट्री लेबल भर्जन फोनको मूल्य ४३० अमेरिकी डलर कायम गरिएको छ। त्यस्तै १२/२५६ जीबी भर्जनको मूल्य ५३० अमेरिकी डलर र १२/५१२ जीबी भर्जनको मूल्य ५७३ अमेरिकी डलर कायम गरिएका उल्लेख गरिएको छ। त्यसैगरी १६ जीबीको र्याम र एक टेराबाईट स्टोरेज भएको भर्जनको फोनलाई ८६० अमेरिकी डलर पर्ने बताइएको छ।
प्रकाशित: ५ पुष २०७९, मंगलवार