Technology Khabar ५ पुष २०७९, मंगलवार
काठमाडौं ।
भारतको हिमाचल प्रदेश सरकारले आगामी ५ वर्षमा चरणबद्ध रुपमा सरकारी निकायमा प्रयोग हुने सबै डिजल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीलाई इभीबाट प्रतिस्थापना गर्ने भएको छ।
हिमाचल प्रदेश सरकारले सबै पेट्रोल डिजल कारलाई आगामी ५ वर्षमा इलेक्ट्रिक कारबाट प्रतिस्थापना गर्ने योजना बनाएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
मुख्यमन्त्रीका मुख्य मिडिया सलाहकार नरेश चौहानले पर्यावरणलाई स्वच्छ र हरा भरा राख्नका लागि सरकारले इलेक्ट्रिक सवारीलाई प्राथमिकता दिएको बताए।
आगामी ५ वर्षसम्म सबै सरकारी निकायले इलेक्ट्रिक सवारी मात्र खरिद गर्नेछ र राज्यमा चार्जिङ स्टेशनको संख्या बढाइने पनि उनले बताए।
चौहानले भने, ‘हामी पर्यावरण संरक्षण र ऊर्जा बचत गर्नेछौं। हाम्रो सरकार आगामी ५ वर्षको समयमा सबै सरकारी विभागका लागि इलेक्ट्रिक सवारी किन्ने निर्णय गरेका छौं।’
राज्य सरकारले इलेक्ट्रिक सवारी खरिद शुरु गर्नुका साथै चार्जिङ स्टेशनको संख्या बढाउने तर्फ पनि काम गर्नेछ। राज्यले २०२१ मा इलेक्ट्रिक सवारी नीति जारी गरेको छ। उक्त नीति अनुसार राज्यमा २०२५ सम्म १५ प्रतिशत इलेक्ट्रिक सवारी पुर्याउने लक्ष्य लिएको छ।
प्रकाशित: ५ पुष २०७९, मंगलवार