नासा नेपालको एक्सप्लोर द ट्रयाक सम्पन्न

Technology Khabar ५ पुष २०७९, मंगलवार

काठमाडौं ।

सन् २०२२ को लागि नासा नेपालको कार्यक्रम एक्सप्लोर द ट्रयाक हालै सम्पन्न भएकोे छ।

नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्व स्तरिय ज्ञान , सिप , र प्रविधि हस्तान्तरण गर्दै कम्तिमा एसियाली स्तरको इभेन्टमा प्रतिष्पर्धी र योग्य बनाउने उदेश्यले यस किसिमको अभियान सञ्चालन गरिएको हो। जहाँ मोटर तथा मोटरसाइकल, कार्ट्स र इ–रेसिंग का एथलेट तथा अफिसियललाई छनोट गरि विदेशका ट्रयाक तथा तालिम केन्द्रहरुमा पठाइन्छ।

यस वर्ष नासा नेपालले एफआएमसँगको सहयोगमा भारतमा, मोटर स्पोर्टस अष्ट्रेलीया र एफआइएको सहयोगमा मलेसीयामा सो सम्वन्धि तालिममा सहभागी गराइएको हो। मोटरस्पोर्ट्सको संयोजन मोटरस्पोर्ट्स मलेसिया र इ–स्पोर्ट्सका लागि लागि सिलोन मोटरस्पोर्ट्स क्लबका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए। त्यसैगरी बंगलोरमा अर्वानी ग्रीड सकृटका प्राविधिकले प्रशिक्षण दिएका थिए।

गत हप्ता मलेसियामा सहभागी भएको मोटर स्पोर्ट्सको टिम नेपाल फर्कि सकेको छ। जसमा सुयोग खनाल , निरज खड्का क्षेत्री , मन्चन तिवारी , भुषण कुमार श्रेष्ठ तथा जय मास्के रहेका छन्।

मोटरस्पोर्ट्स नेपालको संयोजनमा नेपालका १० वाइक राइडर्सको टिम समेत हालै भारतको वैंगलोरमा तालिम लिई नेपाल फर्कि सकेको जनाइएको छ।

मोटरसाइकलको अन्तराष्ट्रिय महासंघको आर्थिक तथा नासा नेपालको प्राविधिक सहयोगमा ८ जना राइडर तथा २ जना अफिसियल सोमा सहभागी थिए । जसमा विनोद तण्डुकर र आशिष रौनियार अफिसियल तथा अजय श्रेष्ठ, युकेश थापा , निशल रोक्का, सन्दीप घिमिरे, आशिष गुरुङ, अमन चौधरी , श्रीहरी पौडेल, फर्हान मोहम्मद राइडरको सहभागिता रहेको थियो। जहाँ नेपाली राइडरहरुको प्रयोगात्मक परिक्षा समेत भएको थियो। साथै सोही ट्रयाकमा कार्टसको प्रतिष्पर्धा समेत गराइएको थियो।

सन् २०२३ मा समेत नासा नेपालले भारत , थाइल्याण्ड, मलेसिया र सिंगापुरमा एक्सप्लोर द ट्रयाक अन्तर्गत राइडर्स तथा ड्राइभरहरुलाई अवसर दिने छ ।

प्रकाशित: ५ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया