काठमाडौं ।
वानप्लसले आफ्नो स्थापनाको नवौं वर्ष मनाउन शनिबार आयोजना गरेको कार्यक्रममा ब्रान्डको भविष्यका योजनाहरुको बारेमा धेरै उल्लेखनीय घोषणाहरु गरिएका छन्।
उक्त कार्यक्रममा वानप्लस र ओप्पोले आगामी वर्षहरुको लागि नयाँ रणनीतिक साझेदारी घोषणा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
उक्त सम्झौता अनुसार ओप्पोले आगामी ३ वर्षमा वानप्लसमा १.४३ बिलियन अमेरिकी डलर लगानी गर्नेछ।
नयाँ ‘डुअल ब्रान्ड’ रणनीतिले वानप्लसलाई फ्ल्यागसिप स्मार्टफोनहरुको लागि अग्रगामी ब्रान्डको रुपमा प्रस्तुत गर्नेछ।
वानप्लस उत्पादनहरूसँग उनीहरूको सम्बन्धित मूल्य बिन्दुमा उत्कृष्ट सुविधाहरू र गुणस्तर कायम राख्न मद्दतको लागि शून्य शुद्ध लाभ मार्जिन हुनेछ।
वानप्लसका फोन र उत्पादनहरु चीनमा अनलाइनमा बिक्री गरिने छ र ग्राहकहरुले ओप्पो सेवा केन्द्रहरुमा चीनभर मर्मत गर्न सक्नेछन्।
चीनमा ओप्पोको अनलाइन स्टोरमा पहिलेदेखि नै नयाँ वानप्लस फोनहरु र उत्पादनहरु बिक्रीका लागि सूचीबद्ध छन्।
प्रकाशित: ५ पुष २०७९, मंगलवार