पोर्नहबको च्यानल युट्युबबाट हट्यो

  • Technology Khabar | ५ पुष २०७९, मंगलवार
पोर्नहबको च्यानल युट्युबबाट हट्यो

काठमाडौं ।

युट्युब कम्यूनिटी गाईडलाईनको कयौं दूरुपयोग गरेको आरोपमा युट्युबले पोर्नहबको आधिकारीक च्यानल हटाएको भेराईटीले एक रिपोर्टमा उल्लेख गरेको छ। पोर्नहबको युट्युब च्यानल सन् २०१४ मा लन्च गरिएको थियो र च्यानलको ९ लाखभन्दा सबस्क्राइबर छन्। तर अब पोर्नहबको च्यानल युट्युबमा सर्च गर्दा नदेखिने र यूआरएलमा ४०४ इरर देखिन थालेको छ।

पोर्नहबले युट्युबमा अनुमति नभएका कन्टेन्टहरु युट्युबको साईटसँग लिंक गरी युट्युबको नीति उल्लंघन गरेको युट्युबले बताएको छ। युट्युब कम्यूनिटी गाईडलाईनको पोर्नहबद्वारा मल्टिपल भाईलेसनको आरोपमा पोर्नहबको आधिकारीक च्यानल हटाईदिएको युट्युबका प्रवक्ताले जानकारी दिएका छन्। “हामीले हाम्रा नीतिहरु सबैलाई समानरुपले लागु गर्छौं। तसर्थ बारम्बार नीति उल्लंघन गर्ने वा त्यस्ता मनसायले उल्लंघनकारी कन्टेन्ट प्रयोग गर्ने च्यानलहरुलाई खारेज गर्नेछौँ,” प्रवक्ताले भने।

पोर्नहबको प्यारेन्ट माइण्डगीकले भने युट्युबको उक्त आरोपलाई कडा रुपमा अस्वीकार गरेको छ। पोर्नहबले युट्युब कम्यूनिटीको गाईडलाईनहरु उल्लंघन नहोस् भनि विशेष ध्यान दिँदै इन्टरनेटमा पूर्ण विश्वास र सुरक्षाका उपायहरु कायम राख्दै आएको दाबी गरेको छ। यो एडल्ट उद्योगमा संलग्न भएकाहरु माथि गरिएको एक प्रकारको विभेदको उदाहरण भएको माइण्डगीकका प्रवक्ताले जिकिर गरेका छन्।

गत शुक्रबार नेशनल सेन्टर अन सेक्सुअल एक्सप्लोईटेसन (एनसीओएसई) एक एन्टी-पोर्नोग्राफी समुहले युट्युबको नीतिहरु उल्लंघन गर्ने खालका त्यस्ता कन्टेन्टहरु फ्ल्याग्ड गरेको भन्दै आफ्नो ब्लगमा लेखेका थिए। एनसीओएसईको उक्त प्रतिक्रयालाई सम्बोधन गर्दै युट्युबले पोर्नहबद्वारा आफ्नो कम्यूनिटीको गाईडलाईनहरु उल्लंघन गरेको भन्दै उक्त च्यानल बन्द गरिदिएको बताएको थियो।

यसअघि पोर्नहबको साईटमा अवैध कन्टेन्ट फेला परेको भन्दै सन् २०२० मा मास्टरकार्ड र भिसाले पोर्नहबको भुक्तानी रद्द गरिदिएका थिए।

त्यसैगरी कम्यूनिटी गाईडलाईन्स भाईलेसनको आरोपमा इन्स्टाग्रामले पनि पोर्नहबलाई पूर्णरुपमा प्रतिबन्धित गरेको छ।

प्रकाशित: ५ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार