उत्तर कोरियाद्वारा ‘महत्वपूर्ण’ जासूसी स्याटेलाइट परीक्षणको पुष्टि

  • Technology Khabar | ५ पुष २०७९, मंगलवार
उत्तर कोरियाद्वारा ‘महत्वपूर्ण’ जासूसी स्याटेलाइट परीक्षणको पुष्टि
सांकेतिक

काठमाडौं ।

उत्तर कोरियाको राज्य मिडिया केसीएनएले सोमबार बताएअनुसार देशले जासूसी भूउपग्रहको विकासको लागि आइतबार “महत्वपूर्ण, अन्तिम चरण” परीक्षण गरेको छ, जुन यसले अप्रिल २०२३ सम्म पूरा गर्न खोजेको छ।

दक्षिण कोरिया र जापानी सेनाले उत्तरले आफ्नो पूर्वी तटमा मध्यवर्ती दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको एक दिनपछि यो रिपोर्ट जारी गरिएको हो।

केसीएनएकाअनुसार प्योङयाङको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए) ले उत्तरपश्चिमको सोहाए स्याटेलाइट प्रक्षेपण स्टेशनमा भूउपग्रह इमेजिङ, डाटा ट्रान्समिशन र ग्राउन्ड कन्ट्रोल सिस्टमको क्षमताको समीक्षा गर्न परीक्षण गरेको थियो।

२० मिटर रिजोलुसन फुल कलर क्यामरा, दुई मल्टि स्पेक्ट्रा क्यामेरा, इमेज ट्रान्समिटर र रिसिभर, कन्ट्रोल डिभाइस र स्टोरेज ब्याट्री सहितको नक्कली स्याटेलाइट बोकेको लन्चिङ्ग भेहिकल ५०० किलोमिटरको “लोफ्टेड एंगल” मा फायर गरिएको रोयटर्सले रिपोर्ट गरेको छ।

“हामीले अन्तरिक्ष वातावरणमा क्यामरा अपरेटिङ टेक्नोलोजी, डाटा प्रोसेसिङ र सञ्चार उपकरणहरूको प्रसारण क्षमता, ग्राउन्ड कन्ट्रोल प्रणालीको ट्र्याकिङ र नियन्त्रण शुद्धता जस्ता महत्त्वपूर्ण प्राविधिक सूचकहरू पुष्टि गर्यौं,” नाडाका प्रवक्ताले केसीएनएको समाचार प्रेषणमा भने।

प्रवक्ताले परीक्षणलाई “गुप्तचरी स्याटेलाइट प्रक्षेपणको अन्तिम गेटवे प्रक्रिया” भनेका थिए जुन अप्रिलमा पूरा हुनेछ।

केसीएनएले दक्षिण कोरियाको राजधानी सियोल र नजिकैको बन्दरगाह सहर इन्चेनका दुई कालो-सेतो, कम-रिजोल्युसनका तस्विरहरू पनि जारी गर्यो, जुन आइतवारको प्रक्षेपणको क्रममा लिइएको हो।

यस वर्ष उत्तर कोरियाले लगातार विभिन्न ब्यालेष्टिक मिसाइल परीक्षणहरु गरिरहेको छ।

प्रकाशित: ५ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार