सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाईल एप

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाईल एप

काठमाडौं ।

सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ। नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ, जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ।

यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिने बताईएको छ। सांग्रिला स्मार्ट डिजिटल बैंकिङ्गको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिन्छ। नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने,‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको छ। हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन्।

उनले थपे, ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ। जसले हाम्रा ग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ।”

सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिने जनाएको छ।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...