एप्पल म्याकबुक प्रो मोडलहरु २०२३ को शुरुवातमा सार्वजनिक हुने

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
एप्पल म्याकबुक प्रो मोडलहरु २०२३ को शुरुवातमा सार्वजनिक हुने

काठमाडौं ।

एप्पलले नयाँ एप्पल सिलिकान एम २ सिरिजका चिप प्रयोग गरी डिभाइसहरु लन्च गरिसकेको छ। त्यसैगरी कुपरटिनोको एप्पलले अझ धेरै शक्तिशाली एम २ चिप प्रयोग गरी नयाँ म्याकबुकको मोडलहरुमा काम शुरु गरेको छ। एम २ प्रो र एम २ म्याक्स चिप्स सहितको १४ र १६ इन्चको म्याकबुक प्रो मोडलहरु २०२३ को शुरुवातमै लन्च गर्ने तयारी गरेको ब्लूमबर्गका मार्क गुर्मनले दाबी गरेका छन्।

२०२२ मा म्याकबुक प्रो का नयाँ मोडलहरु आधिकारी रुपमा सर्वजनिक गरिने अपेक्षा गरिएको थियो। तर कम्पनीको आन्तरिक कारणहरुले गर्दा उक्त मोडलहरु तोकिएको समयमा सार्वजनिक हुन सकेनन्। उक्त आन्तरिक कारणहरु कम्पनीले उल्लेख नगरेता पनि हाल उक्त समस्याहरु सुल्झिएको र अब म्याकबुक प्रो को नयाँ मोडलहरु लन्च गर्न एप्पल तायारीमा लागेको छ।

कम्पनीले १४ र १६ इन्चको म्याकबुक प्रो मोडलहरुको आधिकारीक रुपमा अनावरण गर्ने मिति घोषणा गरेको छैन। यद्यपि उक्त मोडलहरु २०२३ को मार्च महिनामा सार्वजनिक हुने उच्च सम्भावना रहेको बताइएको छ। ल्यापटपमा गरिएको चिप अपग्रेड र फास्टर र्यामको अलावा अहिलेको मोडलहरुको तुलनामा अन्य खासै ठूलो परिवर्तन नहुने विश्वास गरिएको छ।

बजारमा हाल उपलब्ध भएका १४ र १६ इन्चका म्याकबुक प्रोका मोडलहरुमा एम १ प्रो र एम १ म्याक्स चिप्स समावेस गरी गत अक्टोबर महिनामा लन्च गरिएको थियो। हालको नयाँ डिजाईनमा डिस्प्लेको टप सेन्टरमा नोच सहित एचडीएमआई पोर्ट, म्यागसेफ पोर्ट र एसडी कार्ड रिडर स्लट समावेस गरिएको छ।

कम्पनीले म्याकबुक प्रोका मोडलहरु बाहेक सन् २०२३ को अन्त्यतिर लन्च गर्ने लक्ष्य सहित एम ३ चिप समावेस गरी नयाँ आईम्याक मोडलमा पनि काम गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ। त्यसैगरी कम्पनीले एम २ सिरिजको चिप समावेस गरी नयाँ एप्पल म्याक मिनीमा पनि काम गरिरहेको रपोर्टमा थप उल्लेख गरिएको छ।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार