Technology Khabar ४ पुष २०७९, सोमबार
काठमाडौं ।
एलजी इनर्जी सलुसनले दक्षिण कोरियाको ब्याट्री उत्पादनमा ३.१ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।
एलजी इनर्जी सलुसनले सोमबार एक विज्ञप्तिमा यो वर्ष र २०२६ बीचमा कोरियाको ओचाङ बेलनाकार ब्याट्री उत्पादन निर्माण र विस्तार गर्न ३.१ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको बताएको रोयटर्सले उल्लेख गरेको छ।
यस परियोजनाका लागि नयाँ १ हजार ८०० कर्मचारीहरु नियुक्त गर्ने विज्ञप्तिमा लेखिएको छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार