
काठमाडौं ।
ह्वावे नेपालले बुधबार ठूला करदाताको कार्यालयमा “उत्कृष्ट ट्याक्स कम्प्लायन्स” क्याटोगोरी अन्तर्गत “सर्टिफिकेट अफ एप्रिसियसन” प्राप्त गरेको छ।
प्रमुख कर प्रशासक राजेश्वर ज्ञवालीले आईआरडी अन्तर्गत एलटीओका सबै प्रमुख कर अधिकारी र ह्वावे नेपाल कार्यालयका सिएफओ चार्ल्स लु चाओचुन र कर प्रबन्धक रविकुमार साहको उपस्थितिमा ह्वावे नेपालका सिईओ विलियम चाङ्लाई सर्टिफिकेट अफ एप्रिसियसन हस्तान्तरण गरे।
प्रमाणपत्र दिने क्रममा एलटीओ प्रमुख राजेश्वर ज्ञवालीले भने, “एलटीओ ह्वावे नेपाललाई सर्टिफिकेट अफ एप्रिसियसन प्रदान गर्न पाउँदा खुसी छ र हामी बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी गरेकोमा र स्थानीय कानून र नियमहरूको पूर्ण पालना गरेकोमा प्रशंसा गर्दछौं।” साथै, नेपालको आईसीटी बजारलाई निरन्तर सहयोग प्रदान गरेकोमा पनि धन्यवाद दिए।
यस सम्बन्धमा ह्वावे नेपालका सिईओ विलियम चाङ्ले भने, “विश्वव्यापी अग्रणी आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावे हरेक क्षेत्रमा अनुपालन गर्न प्रतिबद्ध छ। त्यसैले ह्वावे नेपाल कार्यालयले नियम–कानुन पालना गरी नियमित कर तिर्दै आएको छ। हामी एलटीओबाट ‘सर्टिफिकेट अफ एप्रिसियसन’ प्राप्त गर्न पाउँदा खुसी छौं र यसले हामीलाई अगाडि बढ्न उत्प्रेरित गर्नेछ।”
विगत २२ वर्षदेखि ह्वावेले आईसीटी उद्योगको विकासका लागि नेपाल सरकार र विभिन्न साझेदारहरूसँग काम गर्दै आएको छ। स्थानीय कानून र नियमहरूको पालना गरेर र विश्वव्यापी प्रविधि उपलब्ध गराएर ह्वावेले देशको सम्पूर्ण आईसीटी उद्योगमा अन्ततः सफलता थप्दै दिगोपनलाई निरन्तरता दिइरहेको छ। यी सबै कारकहरूले ह्वावेलाई यस पटक उत्कृष्ट कर अनुपालन कम्पनीको लागि विजयी स्थान जित्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।
कर दिवसको उपलक्ष्यमा ठूला करदाता कार्यालयले करदाताको नियम पालना गरेकोमा प्रशंसा गर्न एक समारोहको आयोजना गरेको हो। एलटीओ ह्वावे नेपाल कार्यालयबाट करिब ६०० करदाताहरू मध्ये आईआरडीको निर्देशनमा गठित समितिले उत्कृष्ट कर अनुपालनको लागि प्रशंसा गरेको छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार