विद्यालयबाट कम्प्युटर चोर्ने सात जना पक्राउ

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
विद्यालयबाट कम्प्युटर चोर्ने सात जना पक्राउ

काठमाडौं ।

शैक्षिक संस्थाबाट विद्युतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनिहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको छ। फेदीखोला-४ तल्लाचौरस्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्री चोर्ने चोरहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा फेदीखोला-४ का २६ वर्षीय प्रेम विक, २१ वर्षीय सुमन सुनार र पुतलीबजार-४ का १९ वर्षिय समिर सुनार छन् । यस्तै चोरी भएका सामाग्री बिक्री गर्न संलग्न पोखरा बस्दै आएका लमजुङ जिल्ला सुन्दर बजार-११ का २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरा छन् भने कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षिय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनीहरुले गत २४ गते राती विद्यालय तोडफोड गरेर यी सामग्रीहरू चोरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरीले नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। उनीहरुमाथि चोरी तथा डाका मुद्दा दर्ता गरिएको छ।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...