
काठमाडौं ।
आईफोन १४ को क्रयास डिटेक्सन फिचरको मद्दतबाट ३०० फिट गहिरो खाल्टोमा खसेका दुई व्यक्तिको ज्यान बचेको छ। क्रयास डिटेक्सन फिचरले दुर्घटजाको समयमा इमरजेन्सी सेवालाई अलर्ट गरेको थियो। समयमै रेस्क्यू टिम घटना स्थल पुगेर घाइते व्यक्तिहरुलाई अस्पताल लग्न सफल भएका थिए।
बुधबार अमेरिकाको क्यालिफोर्नियाको एन्जलस फरेस्ट हाइवेमा एउटा कार दुर्घटनामा परेर करिब ३०० फिट गहिरो खाल्टोमा खसेको थियो। कारमा दुई व्यक्ति सवार थिए। यो घटना घट्दा कार ड्राइभ गरिरहेकी महिला पतिसँग फोनमा कुराकानी गर्दै थिइन्।
त्यस क्रममा पतलिे आफ्नो श्रीमती कराएको आवाज सुने र तत्काल फोन काटियो। केही सेकेन्ड पनि पतिलाई श्रीमतीको आईफोन १४ बाट क्रयास डिटेक्सन फिचरको मद्दतबाट नोटिफिकेसन प्राप्त भयो र दुर्घना पुष्टि भयो।
यस नोटिफिकेसनमा घटनाको सटिक लोकेसन पनि दिइएको छ। यसका साथै उनको श्रीमतीको आईफोनमा उपलब्ध इमजेन्सी फिचरले नजिकको प्यारामेडिक सर्भिसलाई पनि कल गरेर घटनाको जानकारी दिएको थियो। त्यसपछि समयमै रेस्क्यु टिम घटना स्थलमा पुगेर दुर्घनामा घाइते दुई व्यक्तिलाई तत्काल उद्दार गर्न सफल भयो। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बिजनेसटुडेले उल्लेख गरेको छ।
के हो क्रयास डिटेक्सन फिचर?
एप्पलको यो फिचर आईफोन १४ र आईफोन १४ प्रोमा उपलब्ध छ। यसका साथै एप्पल वाच सिरिज ८, एसई(सेकेन्ड जनरेसन) अल्ट्रा र वाज ओएस नयाँ भर्जनमा यो फिचर छ। यो फिचरले फ्रन्ट इप्याक्ट, साइड इम्प्याक्ट, रियर एन्ड रोल ओभर कोलिजन पहिचान गर्न सक्छ।
दुर्घटना हुँदा क्रयास डिटेक्सन फिचरको माध्यमबाट डिभाइस यसलाई डिटेक्ट गर्छ र अटोमेटिकली इमरजेन्सी सर्भिसलाई दुर्घटनाको जानकारी लोकेसन सहित २० सेकेण्ड पनि पठाउँछ। यस फिचरको मद्दतबाट प्रयोगकर्ता होसमा नभएको अवस्थानमा दुर्घटनाको जानकारी सरकारी निकायलाई प्राप्त हुन्छ। यसका सथौ परिवारका सदस्यलाई पनि जानकारी प्राप्त हुन्छ।
क्रयास डिटेक्सन फिचर एक्टिभ गर्ने तरिका
एप्पलको डिभाइसमा यो फिचर डिफल्ट रुपमा एक्टिभ हुन्छ। प्रयोगकर्ताले हेल्थ एपमा मेडिकल आईडी र इमरजेन्सी कन्ट्याक्ट फिड गर्नु पर्ने हुन्छ। प्रयोगकर्तालाई आफ्नो लोकेसन र इमरजेन्सी कन्ट्याक्ट शेयर गर्नका लागि लोकेसन सर्भिसेस फर एमजेन्सी एसओएस अन गर्नु पर्ने हुन्छ। यसका लागि आईफोनको सेटिङमा जानु पर्छ। त्यहाँ प्राइभेसी एण्ड सेक्युरिटीमा क्लिक गर्ने। त्यसपछि लोकेसन सर्भिसमा ट्याप गर्ने। अन्तिममा सिस्टम सर्भिसेस एण्ड मेक श्योर इमरजेन्सी कल्स एण्ड एसओएस अन गर्नुपर्ने हुन्छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार