काठमाडौं ।
गत महिना भिभोले एक्स ९० सिरिज चीनमा अनावरण गरेतापनि कम्पनीले उक्त फोन विश्वव्यापीरुपमा सार्वजनिक गर्ने बारेमा केहि जानकारी उल्लेख नगरेको बताईएको छ।
तर हालै ट्विटरमा लीक भएको एक पोस्टरले उक्त एक्स ९० सिरिज २०२३ को जनवरी ३१ को दिन विश्वव्यापी रुपमा अनावरण गरिने खुलाएको छ।
भिभो एक्स ९० सिरिज अन्तर्गत एक्स ९०, एक्स ९० प्रो र एक्स ९० प्रो प्लस गरेर तीन ओटा स्मार्टफोनहरु रहेको बताईएको छ। यद्यपि लीक भएको उक्त पोस्टरले यी तीन ओटा स्मार्टफोनहरु मध्ये स्पष्टरुपमा कुन चाहि मोडल पहिले सार्वजनिक हुने भन्ने व्येहोरा नखुलाएको बताईएको छ। भिभो एक्स ९० सिरिज अन्तर्गतका तीन ओटा स्मार्टफोनहरुबाट कम्तीमा पनि दुईओटा स्मार्टफोनहरुले पोस्टरमा उल्लेख भएको मिति देखि विश्व बजारमा आफ्नो यात्रा थालनी गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
भिभो एक्स ९० सिरिजको लाईनअपमा एक्स ९० प्रो प्लस सबैभन्दा आर्कषक स्मार्टफोन रहेको बताईएको छ। उक्त फोनमा स्न्यापड्रागन ८ जेन २ एसओसी चिपसेट समावेस गरिएको छ। त्यसैगरी आईएमएक्स ९८९ सेन्सर प्रयोग भएको ५० मेगापिक्सेलको प्राईमरी क्यामरा सहित ४८ मेगापिक्सेलको अलट्रावाईड, ५० मेगापिक्सेलको टेलिफोटो र ६४ मेगापिक्सेलको पेरीस्कोप यूनिट रहेको उल्लेख गरिएको छ। सेल्फी र भिडियो कलहरुको लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध भएको बताईएको छ।
एक्स ९० प्रो प्लसमा ६.७८ ईन्चको १२० हर्जको रफ्रेस रेट भएको १,४४०पी कर्भ एमोलेड डिस्प्ले रहेको बताईएको छ। बायोमेट्रिक अथेन्टिफिकेसनको लागि फिङ्गरप्रिन्ट रिडर पनि उक्त फोनमा समावेस गरिएको छ। १२ जीबी र्याम र ५१२ जीबी सम्मको स्टोरेज क्यापासिटिसहित एन्ड्रोईड १३ मा आधारित ओरीजीनओएस ओसीएन भएको उक्त एक्स ९० प्रो प्लस स्मार्टफोनमा ४,७०० एमएएचको ब्याट्रि रहेको उल्लेख गरिएको छ।
त्यसकासाथै उक्त ब्याट्रीले ८० वाटको वायर वा ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्ने भनि थप बताईएको छ।
प्रकाशित: ३ पुष २०७९, आईतवार