वानप्लसको मेकानिकल किबोर्डको टिजर सार्वजनिक

  • Technology Khabar | ३ पुष २०७९, आईतवार
वानप्लसको मेकानिकल किबोर्डको टिजर सार्वजनिक

काठमाडौं ।

वानप्लसले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ब्रान्डको फ्रस्ट जेन मेकानिकल किबोर्ड टिजर सार्वजनिक गरेको छ। पीसी पार्टस् उत्पादनमा जानको लागि कम्पनीको यो फराकिलो योजनाको हिस्सा भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

यसले अनुपम टाइपिङ अनुभव प्रदान गर्दै अनुकूलन स्विच र ग्यास्केटहरू सहितको मेकानिकल किबोर्ड निर्माण गर्ने योजनाहरू रेखांकित गरेको छ।

वानप्लसको नवौं वार्षिकोत्सव कार्यक्रम डिसेम्बर १७ मा आयोजना गरिएको थियो। स्मार्टफोन ब्रान्डले आफ्नो फिचरिङ एक्स रेन्जको एक्सेसरीज सार्वजनिक गर्न कार्यक्रमको प्रयोग गर्यो। कम्पनीले परिधीय र अन्य पीसी उपकरणहरु प्रस्तुत गरेको छ। मेकानिकल किबोर्डको डबल ग्यास्केट डिजाइन उत्पादनको लागि कस्टमाइज साउण्का साथ आउँछ।

वानप्लसका अनुसार डिभाइसले टाइप गर्दा वा गेमिङ गर्दा दिनभर आराम प्रदान गर्दछ। किबोर्ड सीएनसी प्रक्रिया मार्फत निर्माण गरिएको प्रिमियम एल्युमिनियम प्याकेजमा आउनेछ। किबोर्डले कस्टमाइट प्रोफाइलहरू र आफ्ना फ्यानरूसँग सह-निर्मित स्विचहरू पनि समावेश गर्दछ।

वानप्लस मेकालिनकल किबोर्ड लिनक्स, विन्डोज र म्याकओएसका लागि उपयुक्त हुनेछ।

प्रकाशित: ३ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...