अनर ८० सिरिजमा अनर ८० जीटी थपिँदै

  • Technology Khabar | ३ पुष २०७९, आईतवार

काठमाडौं ।

अनरले गत नोभेम्बरमा अनर ८० सिरिज अन्तर्गत चीनमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको थियो। उक्त लाइनअपमा अनर ८०, अनर ८० प्रो र अनर ८० एसई रहेको छ। अहिले कम्पनीले अनर ८० लाइनअपमा चौथो स्मार्टफोन अनर ८० जीटी थप्ने तयारी गरिरहेको गिगचाइनाले उल्लेख गरेको छ।

जीटी नाम उद्योगमा पुरोना हुँदै गइरहेको र यसको प्रयोग प्रया गेमिङ एडिसनका फोनहरुमा हुँदै आइरहेको छ। अनर ८० जीटी हाई एण्ड स्पेक र विशेष डिजाइनमा आउने अपेक्षा गरिएको छ। रिपोर्ट अनुसार अनर ८० जीटी डिसेम्बर २६ मा सार्वजनिक हुने सम्भावना छ। डिभाइसले भर्खर ३सी सर्टिफिकेसन प्राप्त गरेको छ।

अनर ८० जीटीले प्रोको नयाँ संस्करणसँगै चीनको अनिवार्य सर्टिफिकेसन ३सी पास गरेको छ। अनर ८० जीटीमा मोडल नम्बर एजीटी एएनओऔ छ। भने नयाँ प्रोमा एएनबी एएनओओ नाम दिइएको छ। यो फ्ल्याट स्क्रिन डिजाइनमा उपलब्ध हुनेछ।।

३सी सर्टिफिकेसन अनुसार नयाँ अनर डिभाइसले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्नेछ। रिपोर्ट अनुसार अनर ८० जीटीमा क्वालकम स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर हुनेछ। यो रेगुलर ८० प्रो भेरियन्ट समान हो। अनर ८० जीटीको फुल एचडी प्लस स्क्रिनले १४४ हर्ज रिफ्रेस रेट प्रदान गर्छ। यसमा सम्भवत पन्च होल कटआउट डिजाइन दिइनेछ।

प्रकाशित: ३ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया